गीताज्ञान अभियानको गण्डकी प्रदेश संयोजन समिति घोषणा

शनिबार,२०८१, साउन १२ श्रीकृष्ण जेष्ठ नागरिक दिवा सेवा केन्द्र, धुङ्गेपाटन, पोखरामा गीताज्ञान अभियानको गण्डकी प्रदेश संयोजन समिति घोषणा कार्यक्रम सम्पन्न भयो l उक्त कार्यक्रमको सभाध्यक्ष नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक डा.भोलानारायण रेग्मी हुनुह्यन्थ्यो भने कार्यक्रमको सञ्चालन गीता अध्ययन प्रतिष्ठान,नेपालका सचिवश्री प्रभा शर्माले गर्नु भएको थियो l
कार्यक्रममा गीता अध्ययन प्रतिष्ठान, नेपालको संस्थापक अध्यक्ष श्री दुर्गा न्यौपानेले गीता ज्ञानको महिमामाथि प्रकाश पार्दै यस अभियानले गीता ज्ञानलाइ विश्वमा नै प्रवर्द्धन गर्न सकोस् भनी शुभकामना व्यक्त गर्नु भयो l विश्व हिन्दु महासंघ, गण्डकी प्रदेश अध्यक्ष श्री मुक्तिराम अधिकारीले हिन्दु सनातन ज्ञान र परम्पराको व्यापकता र विज्ञान बारे प्रकाश पार्दै, यस अभियानले सनातन हिन्दु धर्मको प्रवर्धनमा थप योगदान पुर्याउने विश्वास व्यक्त गर्नु भयो l अर्का वक्ता विश्व हिन्दु महासंघ, लमजुङका सदस्य श्री नेत्र केसीले यस अभियानलाई व्यापक बनाउन सबै गीता ज्ञान साधकहरू जुट्नु पर्ने कुरामा जोड दिनु भयो।
कार्यक्रमका अध्यक्ष डा. भोलानारायण रेग्मीले तपसिलका महानुभावहरू रहनु भएको संयोजन समितिको घोषणा भएको जानकारी सभामा गराउनु भएको थियो l जस अनुसार : संयोजक: ज्यो. हरिश्चन्द्र भण्डारी सह संयोजक: श्री ऋषिराम सापकोटा, श्री प्रभा शर्मा, श्री चिन्तनमणी बस्याल, श्री नेत्र केसी, श्री गीता जमरकट्टेल पौडेल, श्री बाबुराम तिमिल्सिना सहित ७ सदस्सीय समिति निर्माण भएको छ l त्यस्तै गरी सल्लाहकार: १.चैतन्य कृष्ण २. डा. भोला नारायण रेग्मी ३. श्री दुर्गा न्यौपाने ४. श्री राम प्रसाद लामिछाने ५. श्री सरिता कोइराला हुनुहुन्छ l
समितिको घोषणा पश्चात, संयोजक श्री हरिश्चन्द्र भण्डारीले यस अभियानको बारेमा प्रकाश पार्दै, यो अभियान मार्फत गीता ज्ञानलाई देश र विदेशमा पुर्याउने कार्यमा निरन्तर लागि रहने प्रतिवद्धता व्यक्त गर्नु भयो। साथै गीता ज्ञान अध्ययनमा लाग्नु भएका व्यक्तिहरूलाई एकतावद्ध गर्दै, व्यक्ती र समाजको रूपान्तरणमा यस ज्ञानको प्रयोगमा जोड दिनु पर्ने कुरालाई पनि जोड भयो। सभाध्यक्ष डा रेग्मीले यस अभियानको महत्वमाथि प्रकाश पार्दै, सबै भियान्तहरूलाई बधाई ज्ञापन गर्नु भएको थियो l
गीताज्ञान अभियानको गण्डकी प्रदेश संयोजन समिति घोषणा कार्यक्रमा सफलतापूर्वक सम्पन्न गरेकोमा खुशी व्यक्त गर्दै ज्येष्ठ नागरिक समाजका अध्यक्ष श्री खगराज लामिछानेले यस अभियानलाई सफल बनाउन नवगठित कार्यसमिति सफल हुने विश्वासका साथ शुभकामना व्यक्त गर्नु भएको थियो।
Gita4Life Campaign को नाराहरू: मन्त्र (Motto): "गीता ज्ञान, जीवन विज्ञान " /Gita4Life १. गीता ज्ञान, जीवन विज्ञान २. व्याक्ती रुपान्तरणका लागि, गीता ज्ञान ३. सामाजिक रूान्तरणका लागि, गीता ज्ञान ४. दिगो विकासका लागि, गीता ज्ञान ५. कल्याणकारी विश्वका लागि, गीता ज्ञान हरे कृष्ण ! जय गीता ज्ञान ! ॐ तत् सत् ! #gita4life
बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तु, बौद्ध, स्वयम्भूलगायत स्थानमा बुद्धजयन्ती भव्यरुपमा मनाउने गरिन्छ...
आमा नहुनेहरू मातातीर्थमा गई स्नान गरी हरिहर (विष्णु र शिव) को पूजा गर्छन् ।
माण्डव्यले आफूले यो सम्मान प्राप्त गर्दा गौरवान्वित महसुस गरेको र थप राष्ट्र सेवामा उर्जा थपिएको बता...