गीताज्ञान अभियानको सुदूर पश्चिम प्रदेश संयोजन समिति घोषणा
गीताज्ञान अभियानको सुदूर पश्चिम प्रदेश संयोजन समिति घोषणा सनातन वैदिक ज्ञानको सारको रूपमा रहेको गीता ज्ञानलाई जीवन र समाजसँग जोड्दै, व्याक्तिगत र सामाजिक रूपान्तरणमा गीता ज्ञानलाई प्रयोग गर्ने लक्ष्यका साथ सुरु भएको अभियान हो, जिवनका लागि गीता ज्ञान अभियान ।
यस अभियानले सनातन वैदिक ज्ञानको सार रहेको गीता ज्ञानलाई वर्तमान जीवनसँग जोड्दै यसको प्रवर्धन गर्ने कार्यमा निरन्तरता दिँदै आएको छ । यसै क्रममा,यस अभियानलाई सुदूर पश्चिम प्रदेशमा विस्तार र प्रभावकारी बनाउने उद्येश्यले एउटा संयोजन समितिको गठन भएको छ। कैलालीको गोदावरीमा स्थित गोदावरी गुरुकुल संस्कृत विद्यापीठमा भएको अभियन्ताहरूको भेलाको संयोजन समितिको घोषणा गरेको हो।
समितिको संयोजकमा श्री सुरेन्द्र ओझा चुनिनु भएको छ भने सह संयोजकहरूमा श्री धर्मराज जोशी, श्री सुवास भट्ट र श्री कविता अधिकारी । साथै, सल्लाहकार समितिमा ज्याे. पं. श्री मनिराज जोशी, संस्कृतिविद् श्री पद्मराज जोशी 'प्रभात ' र मानसखण्ड अध्येता आचार्य श्री घनश्याम लेखक छानिनु भएको छ । भेलाको अध्यक्षता विश्व हिन्दू महासङ्घका केन्द्रीय उपाध्यक्ष तथा सुदुर पश्चिमका अध्यक्ष श्री राजप्रसाद जोशीले गर्नु भएको थियो ।
यस अभियानका सङ्कल्पकर्ता डा. हरिचन्द्र कमलीद्वारा संचालित उक्त कार्यक्रममा विभिन्न अभियन्ताहरूले गीता ज्ञानको महिमाबारे आफ्नो बुझाइ राख्नु भएको थियो। उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै मानसखण्ड अध्ययनका अग्रणी अध्येता आचार्य घनश्याम लेखकले मानस खण्डको रूपमा स्थापित सुदूर पश्चिम क्षेत्रको प्रवर्द्धनमा समर्पित हुँदैगर्दा श्रीमद्भगवत गीतालाई डोटेली भाषामा अनुवाद गरिसकेको र त्यसको लोकार्पणकालागी छिट्टै साइतको पर्खाइमा रहेको पनि बताउनु भयो ।
यसै क्रममा यस अभियानको कार्यक्रम गोदावरी क्षेत्रमा राखेकोमा यस क्षेत्रको सांस्कृतिक संरक्षण र सम्बर्द्धनको नेतृत्व गर्दै आउनुभएका संस्कृतिविद् श्री पद्राज जोशीले गोदावरी क्षेत्रको सांस्कृतिक महत्वमाथि प्रकाश पार्दै यस अभियानको सफलताका लागि हार्दिक शुभकामना व्यक्त गर्नु भयो।
गीता ज्ञान बारे थप प्रष्ट पार्दै महाकाव्यकार मनिराज जोशीले यस अभियानको सर्वाधिक महत्व रहेको हुँदा यसको सफलताको शुभकामना व्यक्त गर्नु भयो । उक्त कार्यक्रममा यस अभियानको संकाल्पकर्ता डा. हरिचन्द्र कमलीले गीताज्ञानको महत्वमाथि प्रकाश पार्दै, यस अभियान के हों ? केका लागि हो ? र कसरी अगाडि बढ्दै छ? भन्ने बारेमा प्रष्ट्याउनु भयो। सहभागीहरूको जिज्ञासा बारे थप प्रकाश पार्दै उहाले व्याक्तिगत र सामाजिक/ सांस्कृतिक रूपान्तरणको यस अभियानमा जोडिनु हुन सबैलाई आग्रह गर्नु भयो ।
नव निर्वित समितिका संयोजक आचार्य श्री सुरेन्द्र ओझाले आफूले गीता ज्ञानलाई जीवनसंग जोड्ने प्रयास गर्दै आएको र यसलाई अभियानसँग जोड्दै थप प्रभावकारी र व्यापक बनाउने तर्फ समर्पित रहने प्रतिवद्धता व्यक्त गर्नुभयो। कार्यक्रमका सभापति जोशीले विज्ञानसम्मत वैदिक सनातन हिन्दू ज्ञान परम्परालाई प्रवर्धन गर्ने कार्यमा यो अभियान सफल हुने र यसका लागि विश्व हिन्दू महासंघको साथ रहने प्रतिबद्धता व्यक्त गर्नु भयो । व्यक्तिगत ,सामाजिक र सांस्कृतिक रुपान्तरणको लागि यस अभियानमा एकतावद्ध रहने सबै अभियान्ताहरुले प्रतिवद्धता व्यक्त गर्नु भयो । ॐ तत् सत् ।
स्वस्थानीव्रतकथाअनुसार दक्षप्रजापतिकी कन्या सतीको बायाँ आँखा पतन भई यो शक्तिपीठ उत्पत्ति भएको हो ।
१९४२ कात्तिक २५ गते आइतबारका दिन फाल्गुनन्दको जन्म भएको हो। सो दिनलाई किराँत धर्मावलम्बीहरूको मोक्ष...
किंवदन्ती अनुसार बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमि नमोबुद्ध हो ।