सुन धेरै बटुल्ने मन्त्रीहरू डीपी अर्याल,भगवती चौधरीदेखि रवि लामिछानेसम्म,अरु मन्त्रीको कति ?

सबैभन्दा धेरै सुन डीपी अर्याल र धनबहादुर बुढासँग १५० तोला सुन रहेको छ भने दोस्रो धेरै सुन हुने मन्त्रीमा भगवती चौधरी - सुन ८५ तोला रहेको छ त्यस्तै तेस्रो धेरै सुन बटुल्ने मन्त्रीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने छन् l
१.प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ - सुन - ५ तोला
माननीय मन्त्रीहरू :
२. श्री रघुबीर महासेठ- भौतिक पूर्वाधार तथा यातायात - सुन ४३ तोला
३.श्री नारायणकाजी श्रेष्ठ -परराष्ट्र - सुन छैन
४.श्री रवि लामिछाने- गृह - सुन - ८० तोला
५.श्री वर्षमान पुन -अर्थ - सुन छैन
६.श्री शक्तिबहादुर बस्नेत -ऊर्जा, जलस्रोत तथा सिँचाई - सुन
७.श्री भानुभक्त जोशी - सङ्घीय मामिला तथा सामान्य प्रशासन - सुन
८.श्री हितबहादुर तामाङ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन - सुन - ६ तोला
९.श्री रेखा शर्मा - सञ्चार तथा सूचना प्रविधि - सुन - ६ तोला
१०.श्री पदम गिरी - कानुन, न्याय तथा संसदीय मामिला - सुन - २३ तोला
११.श्री ज्वालाकुमारी साह - कृषि तथा पशुपंक्षी विकास - सुन
१२.श्री प्रदीप यादव - स्वास्थ्य तथा जनसङ्ख्या
१३.श्री बलराम अधिकारी - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
१४.श्री दामोदार भण्डारी - उद्योग, वाणिज्य तथा आपूर्ति
१५.श्री भगवती चौधरी - महिला, बालबालिका तथा ज्येष्ठ नागरिक - सुन ८५ तोला
१६.श्री राजेन्द्रकुमार राई - खानेपानी - सुन १० तोला
१७.श्री हरिप्रसाद उप्रेती - रक्षा - सुन
१८.श्री धन बहादुर बुढा - सहरी विकास - सुन - १५० तोला
१९.श्री डोल प्रसाद अर्याल - श्रम, रोजगार तथा सामाजिक सुरक्षा - सुन १५० तोला
२०.श्री सुमना श्रेष्ठ - शिक्षा, विज्ञान तथा प्रविधि - सुन ११ तोला
२१.श्री विराज भक्त श्रेष्ठ - युवा तथा खेलकुद - सुन - १५ तोला
२२.श्री नवलकिसोर साह सुडी - वन तथा वातावरण - सुन - ५६ तोला
माननीय राज्यमन्त्री
२३. श्री हसीना खान - स्वास्थ्य तथा जनसङ्ख्या - सुन -
सार्वजनिक सम्पत्ति विवरण अनुसार २३ मन्त्रीमध्ये सबैभन्दा धनी उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ देखिएका छन् । मन्त्री महासेठको नाममा जनकपुरमा १ विगाह १५ कट्ठा जग्गा रहेको छ भने २ करोड २५ लाख बैंकमा पैसा रहेको उल्लेख छ। उनले पैतृक सम्पत्ति बेचेर सम्पत्ति आर्जन गरेको विवरणमा उल्लेख गरेका छन्।मन्त्री महासेठसँग ४३ तोला सुन र १.५ केजी चाँदी रहेको छ। श्रीमती जुलिकुमारीको नाममा फाइनान्स, लघुवित्त, बैंक गरी २ करोड ५० लाख नगद र ५ लाख सेयर रहेको उल्लेख गरेका छन्।
जुलिकुमारी महतोको नाममा जनकपुर उपमहानगरपालिकामा ३ कट्ठा, ललितपुरमा २ रोपनी १३ आना २ पैसा १ दाम, धनुषामा ७ विगाह ३ कट्ठा, सिन्धुलीमा ४ कट्ठा, ललितपुरमा १ रोपनी ७ आना, धनुषमा ३ कट्ठा ११ धुर रहेको विवरणमा उल्लेख छ । श्रीमतीको नाममा विभिन्न कम्पनीको ३ करोड ५५ लाखको सेयर रहको छ ।
उपप्रधानमन्त्री महासेठ नेकपा एमालेका सचिव समेत रहेका छन् ।
यस्तै, सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार सबैभन्दा गरिब उपप्रधान तथा परराष्ट्रमन्त्री नारायकाजी श्रेष्ठले देखिएका छन् ।
मन्त्री श्रेष्ठको गोरखा सिरानचोक ८ मा करिब ३८ रोपनी पैतृक सम्पत्ति रहेको छ । त्यो पनि २०५८ सालमा पार्टीमा हस्तान्तरण घोषणा गरिएको र प्रक्रियामा रहेको श्रेष्ठले उल्लेख गरेका छन् ।
सिंहदरबारस्थित रावा बैंकको खातामा तलब सुविधाको १ लाख २२ हजार ९१८ रूपैयाँ मौज्दात छ। प्रधानमन्त्री समेत नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रयोगका लागि चढ्न दिएको महिन्द्रा गाडी आफूसँग रहेको उल्लेख गरेका छन् । मन्त्री श्रेष्ठ नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष पनि हुन्।
गभर्नर खोज्ने समितिको सदस्य पौडेल आफै गभर्नर बनेको विषयलाई केटी माग्न गएको लमी केटी मन परेपछि आफै बे...
होटेल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनीको मातहतमा नेपालमा पहिलो पटक मर्क्य...
युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्विस फ्र्याङ्क, सिङ्गापुर डलर, चिनियाँ युआन, थाई भाट, मलेसियन...