कोसीमा सभामुखको राजिनामा र उद्दव थापाको मुख्य मन्त्रीमा पुन दावी
कोसी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले नै मुख्यमन्त्रीमा दावी पेश गर्ने भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले बहुमतको सरकार गठनका लागि मंगलबार साँझसम्मको समय दिएका छन्
प्रदेशसभाका बहुमत सदस्यको समर्थन जुटाउन सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन । मंगलबार दिउँसो ४ बजेपछि प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित थापाले प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्ने स्रोतको जानकारी रहेको छ l असार २१ गते कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका ४६ प्रदेशसभा सदस्य र सभामुख गौतमको छुट्टै समर्थन लिएर थापा मुख्यमन्त्री नियुक्त भएका थिए । तर सर्वोच्च अदालतले सभामुखले समर्थन गरेर सरकार निर्माण गर्न नमिल्ने फैसला गरेपछि थापा पदमुक्त भएका थिए ।
सभामुखलाई राजीनामा गराएपछि उनको समर्थनमा थापाले पुनः मुख्यमन्त्रीमा दावी पेश गर्न लागेका हुन् । सभामुखबाट राजीनामा दिएकोले गौतम माओवादी केन्द्रको प्रदेशसभा सदस्यमात्र रहनेछन् ।
९३ सदस्यीय प्रदेशसभामा कांग्रेस नेता थापालाई कांग्रेसको २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाका एक गरी ४७ प्रदेशसभा सदस्यको समर्थन रहने देखिन्छ l सभामुखलाई राजिनामा गराएर गरिने खेलले संवैधानिक सङ्कट निम्त्याउने र झेली खेल खेलेर दलहरूले लाज सरमको टुक्रो बाँकी नराख्ने भए भन्ने चिन्ताले वुद्दिजिवी आक्रोशित छन् l
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l
पार्टीको आज जारी केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परिया...