'जीवनका लागि गीता ज्ञान' अभियान - डा. हरिचन्द्र कमली
gita4life #gita4life अभियान नै किन ?
कुनै पनि अभियान जो कोहीले, जहाँबाट पनि वैश्विक महत्वको विषयलाई लिएर सुरुवात गर्न सक्छ । यो स्वभाविक कुरा हो, तर महत्वपूर्ण पक्ष के भने यस्ता अभियानहरू क्रमश: सामूहिक बन्दै जान्छन्, सामूहिक हितका लागि प्रयोग गरिन्छन् l यस्ता अभियानले समाजमा सकारात्मक योगदान पुर्याई रहेका हुन्छन् र नकारात्मक सोच र प्रवृत्तिलाई त्याग्दै समाजमा सकारात्मक ऊर्जाको संवहन भैरहेको हुन्छ l ('गीता अध्ययन प्रतिष्ठान'स्थापनार्थ सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई मिति २०८० पौष ६ गते पत्र बुझाएर ध्यानाकर्षण समेत गरिसकिएको छ l )
यस किसिमका अभियानमा जसले जहाँबाट जति बढी योगदान पुर्याउछन्, उनीहरूको समाजमा उति नैं बढी महत्व स्थापित हुँदै जान्छ र अभियान पनि व्यापक बन्दै जान्छ । अभियानले सार्यथकता प्सैराप्त गर्दछ l त्यसै अनुरूप, #gita4life पनि एउटा महत्वूर्ण अभियान रहेको र यसले गीता ज्ञानको अध्ययन अनुसन्धान मार्फत व्याक्तिगत जीवनका साथै, परिवार, समाज, राष्ट्र र अन्तराष्ट्रिय स्तरमा नै सकारात्मक योगदान पुर्याउन सक्ने भएको हुँदा, यस अभियानमा देश विदेशमा रहनु भएका सम्पूर्ण महानुभावहरूलाई जोडिनु हुन हार्दिक अनुरोध पनि गरिन्छ l
साथै, यस अभियानलाई अझ व्यवस्थित,वैज्ञानिक , वस्तुनिष्ठ र सर्वोपयोगी बनाउन तल प्रस्तुत गरिएको मार्गदर्शक सिद्धान्त बारे थप सल्लाह सुझावको अपेक्षा गरिन्छ ।
१. गीता ज्ञान जीवन विज्ञान हो । यसर्थ, यसले विज्ञानसम्मत रहेको सनातन ज्ञानलाई विश्व कल्याणका निम्ति वैश्विक स्तरमा थप स्थापित गराउन लागि पर्नेछ ।
२. यो अभियानले विश्व कल्याणका लागि उपयुक्त सबै धर्म, जात जाति, सम्प्रदाय वा व्यक्तिका विचार र व्यावहारलाई समेट्ने छ ।
३. यो अभियान विश्व कल्याणका लागि व्यक्तिगत र सामाजिक रुपान्तरणमा केन्द्रित रहनेछ ।
४. यो अभियानले धार्मिक र सांस्कृतिकरूपमा देखिएका विभेद, अन्धविश्वास र संकीर्णताको निदान गर्दै, सामाजिक सद्भाब र सत् ज्ञानको प्रवर्धनमा लागिरहने छ ।
५. मानव र सम्पूर्ण जीव जगतको पर्यावरणीय अन्तर आध्यात्मिक सबन्धलाई उजागर गर्दै, विश्व कल्याणका लागि यसको संवर्धनमा निरन्तर लागिपर्ने छ । यस अभियानमा जोडिनुहुने, आवद्धता व्यक्त गर्नु हुने अभियान्ताका मुख्य ३ कर्तव्य रहने छन्:
१. गीता ज्ञानको अध्ययन र अनुसन्धान ।
२. यस ज्ञानको जीवनमा प्रयोग ।
३. यो ज्ञान र आफ्नो अनुभवलाई विविध सामाजिक संचारका माध्यममार्फत प्रचार, प्रसार, प्राणी मात्रको हित मानवजीवन सार्थक र मानवाधिकारको रक्षार्थ प्रयोग गर्न सकिने छ l
#gita4life
स्वस्थानीव्रतकथाअनुसार दक्षप्रजापतिकी कन्या सतीको बायाँ आँखा पतन भई यो शक्तिपीठ उत्पत्ति भएको हो ।
१९४२ कात्तिक २५ गते आइतबारका दिन फाल्गुनन्दको जन्म भएको हो। सो दिनलाई किराँत धर्मावलम्बीहरूको मोक्ष...
किंवदन्ती अनुसार बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमि नमोबुद्ध हो ।