नवनियुक्त हज कमिटिका अध्यक्ष हाजी ईश्रामुल्ला मियाँ को हुन् ?
ईश्रामुल्ला मियाँ उनको वास्तविक नाम हो l तर रास्वपा भित्र उनी हाजीदाइको नामले परिचित छन् l रास्वपाका नेताकार्यकर्ताद्वारा उनी हाजीदाइको नामले बोलाइन्छन उनलाई यो सम्बोधन प्रिय लाग्छ l हाजीदाइ रास्वपाको गठन २०७९ असार ७ गते देखिकै संस्थापक केन्द्रीय सदस्य हुन् l मुस्लिम समुदाय भित्र राम्रो र स्वच्छ छवि भएको व्यक्तिको रूपमा ईश्रामुल्ला मियाँको नाम लिइन्छ l
मुसलमान समुदायका हाजी दाइ आज akabarey.comको ‘व्यक्ति चित्र र चरित्रमा’परेका छन् l वैशाख दुई गतेको मन्त्रीस्तरीय निर्णयबाट मियाँलाई हज कमिटीको अध्यक्षमा नियुक्त गरिएको हो । सुखद संयोग उनले आज वैशाख १० गते हज कमिटिको अध्यक्षको सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । यसै अवसरमा हाजी दाइलाई बधाई र शुभकामना l
नवनियुक्त हज कमिटिका अध्यक्ष हाजी ईश्रामुल्ला मियाँ को हुन् ?
स्याङ्जा जिल्ला भिरकोट गाउँपालिका मावली घरमा २०२१ सालमा जन्मिएका हाजी दाइ वाल्यकालका केही समय मावली घर, आफ्नो घर पाल्पा,रामपुर र त्यसपछि पढाइको शिलशिलामा नवलपरासी अर्को घर भएको ठाउँमा आएर सोही जिल्लाको दीपेन्द्र माध्यमिक विद्यालय वेणी मणिपुरबाट २०४२ सालमा एसएलसी पास गरे l त्यसपछि औपचारिक शिक्षालाई थाँती राखेर वैदेशिक रोजगारको लागि अरब पुगे l र त्यहाँ डेल्टा फूड फ्याक्ट्रीमा २० वर्षसम्म काम गरे l जीवनका उर्वर समय अरबको खाडीमा खर्च गरेर आफ्नो आर्थिक स्थिति मजबुत बनाउँदै जीवन अनुभवका अनेकौ अनौपचारिक शिक्षा र सन्देश ग्रहण गरे l २१ औँ वर्षमा नेपाल फर्किएर २०६३ देखि नेपाल टुर्स एन्ड ट्राभल्स खोलेर २०७८ सम्म त्यसको संचालन गरेर बसे l
जब विश्वव्यापी महामारी कोविड संसार भर फैलियो र नेपालमा पनि त्यसको असरहरू देखा पर्न थाले र आर्थिक मन्दी,शिथिलता सुरू भयो सोही चपेटामा हाजी दाइको ट्राभल्स कम्पनी पनि पर्यो र बन्द भयो l विदेशमा लामो समय बसेर काम गरेको कारण आफ्नो लागि अब कमाउने र पेशा व्यवसाय गर्ने आवश्यकता खासै छैन l छोराछोरी पनि पढेर आफ्नो व्यवस्था आफै गर्ने भइसकेका छन् l
छोरी पहिलो नेपाली मुस्लिम महिला चार्टर एकाउन्टेन हुन् l यस अघि कुनै नेपाली मुस्लिम महिला चार्टर एकाउन्टेन बनेका थिएनन् l छोरी हाल वैदेशिक रोजगारमा छन् भने छोराले पनि बीइ सकेका छन् l त्यसैले अब आफ्नो सम्पूर्ण समय समुदाय समाज र देशको लागि खर्च गर्न म राजनीतिमा छु l राजनीति गर्ने मान्छेको आयको विषय उठ्ने भएको कारण म आफू सक्षम भएर राजनीतिमा छु र पारदर्शी भएर रहने छु l आफ्नो आर्थिक अवस्था र पारिवारिक अवस्था बारे प्रष्ट पार्छन् हाजी दाइ l म राजनीतिमा इमान देखाउन आएको हुँ l आफ्नो इमान बेचेर राजनीति गर्दिन l इमान बेच्नु परेको दिन रास्वपा समेत छोडन सक्छु त्यसैले मेरो इमानको परीक्षामा विगतमा पनि म कतै चुकेको छैन र वर्तमान र भविष्यमा पनि चुक्ने छैन l मेरो यो अठोट रास्वपा प्रवेश गर्दादेखि नै व्यक्त गर्दै आइरहेको छु l
विदेशमा बिस वर्ष बिताएको कारण इस्लामिक देशहरूको राजनीतिक प्रणाली,आर्थिक प्रणाली र शासन व्यवस्था सम्बन्धित ज्ञान पनि उनले राखेका छन् l राम्रो सिष्टममा चलेको देशको आर्थिक उन्नति बारे धेरथोर जानकारी छ, त्यसैले राजनीतिको नीति निर्णय र निर्माण गर्ने ठाउँमा पुगियो भने काम गर्न सहज हुने दावी हाजी दाइ गर्छन् l
हाजी दाइको राजनीतिक गतिविधि
रास्वपा प्रवेश गर्नु अघि ईश्रामुल्ला मियाँको राजनीतिक आवद्धता एमालेसँग थियो l तर एमालेसँग काम गर्न सहज लागेन l रास्वपा गठन गर्ने शिलशीलामा आफूलाई पहिल्यैदेखि चिनेका र बुझेक रास्वपाका उपाध्यक्ष तथा श्रममन्त्री डीपी अर्यालको निकटताको कारण रास्वपासँग जोडिएका हुन् l हाजी दाइका दाइ अमिरूल्ल़ा मियाँ भने राप्रपाको राजनीतिमा छन् र २०४३ को चुनावमा राष्ट्रिय पञ्चायतको सदस्यमा झीनो मतले पराजित भएका थिए l आफ्ना दाजुको राजनीतिक सक्रियता नै आफ्नो लागि पनि राजनीतिमा चासो राख्ने विषय बनेको थियो होला राजनीतिमा प्रवेश र रुचिको प्रसङ्ग निकाल्दा हाजी दाइ भन्छन् l लोकतन्त्रको सौन्दर्य यही हो l हामी दाजुभाइ अलग अलग पार्टीमा सक्रिय छौं l
रास्वपालाई समावेशी र सबैको पार्टी बनाउने क्रममा मुस्लिम समुदायको तर्फबाट उनी रास्वपाको केन्द्रीय समितिमा सुरुमै समेटिएका थिए l रास्वपा गठनपछि उनी पार्टी कामको शिलशिला र चुनावी प्रचारप्रसारमा ४३ जिल्ला पुगिसकेका छन् l देश भ्रमणकोक्रममा नेपालको भौगोलिक स्थितिदेखि आर्थिक, सामाजिक, धार्मिक राजनीतिक अनि सांस्कृतिक स्थितिको अवलोकन गर्न र मूल्याङ्कन विश्लेषण गर्न सहज भएको उनको बुझाइ छ l
रास्वपाको सङ्गठन विभागको सदस्य हुँदै अहिले जनसम्पर्क विभागको प्रमुखको जिम्मेवारी हाजी दाइको रहेको छ l हाजीदाइ पार्टी कार्यकर्ता माझ प्रिय र सहयोगी छन् l विभिन्न जिल्लाबाट आएका कार्यकर्ताको समस्या सुन्नु र त्यसको निदानको लागि सक्रिय रूपमा लाग्नु हाजीदाइको दिनचर्या हो l प्रायजसो रास्वपाको केन्द्रीय कार्यालयमा रहने हाजीदाइ कहिलेकाहीं सिंहदरवार स्थिति रास्वपा संसदीय दलको कार्यालयमा पनि आउँछन,नेताकार्यकर्ता भेट्छन् l समस्या समाधानको लागि समन्वयकारी भूमिका निर्वाह गर्छन् l
हाजीदाइ बारे रास्वपा केन्द्रीय सदस्य एवम् सांसद शिव नेपाली भन्छन: ‘सहज सरल र समझदारको त्रिवेणी हो हाजी दाइको व्यक्तित्व’ l हाजी दाइको समग्र व्यक्तित्वको सार यही हो भनेर बुझ्नुस् सांसद नेपाली हाजीदाइको बारे प्रष्ट पार्छन् l
हाजी दाइ गत निर्वाचनमा पार्टीले गरेको प्राइमरी इलेक्शनमा मुस्लिम समुदयको तर्फबाट थोरै मतान्तरले दोस्रो भएका थिए गत सङ्घीय चुनावमा समानुपातिक उमेद्वार बनेका भए पनि मुश्लिम समुदायबाट एक जना मात्र प्रतिनिधित्व भएको कारण हाजी दाइ संसद प्रवेश गर्नबाट छुटे l काठमाडौँ क्षेत्र नं.६ मा प्रत्यक्ष चुनाव लडने अफर पार्टीले गरेको पनि थियो तर प्रत्यक्ष चुनाव लडनबाट आफू पछि हटेको पार्टीको तर्फबाट चुनाव प्रचारप्रसारमा लागेर पार्टीलाई जिताउन लागें l जसले मलाई चुनावी अनुभव मिलेको छ l आगामी चुनावमा प्रत्यक्ष कि समानुपातिक भन्ने प्रश्नमा हाजी दाइ भन्छन : ‘म पार्टीको बफादार सिपाही हुँ पार्टीले जे आदेश दिन्छ त्यो शिरोपर गरेर जान्छु l मेरो आफ्नो छुट्टै दावी रहन्न l’
रास्वापा सत्ता पक्ष र विपक्षमा
सत्ता राजनीतिमा आफ्नो पार्टी दुई पटक प्रवेश गरेको र एक पटक विपक्षी दलमा बसेको समयको मूल्याङ्कन पनि हाजी दाइको रहेको छ l विपक्षमा हुँदा कम चहलपहल हुने पार्टी कार्यालय सत्ता पक्षमा हुँदा बेस्सरी भिड लाग्ने र कामको कुरा गर्ने काम सुनाउने र काम माग्ने कार्यकर्ता धेरै आउने बताउँछन् l आफ्नो पार्टीसँग सीमिति मन्त्रालय, गठबन्धनको सरकार र सीमित बजेट छ तर जनअपेक्षा धेरै छ l त्यसैले काम गर्न सहज छैन तर काम नगरी पनि भएको छैन l २०८४ को चुनावमा बहुमत ल्याउने गरी विश्वास दिलाउन पनि आफूले पाएका मन्त्रालयहरूको काम चुस्त दुरुस्त र पारदर्शी ढङ्गले गरेर देखाउनु पर्ने र विपक्षीको हाँक चिर्दै अगाडि बढ्नु पर्ने अवस्था छ l गठबन्धनसँग काम गर्न सहज हुँदैन त्यसैले आज गरेको कामको आधारमा २०८४ मा बहुमत सहित सरकार बनाएर यो देशको मुहार फेर्ने धोको रहेको हाजीदाइ सुनाउँछन् l
तपाईको पार्टीका नेता विवादै विवादमा छन नि ?
नयाँलाई निषेधको राजनीति आजको होइन नि ? त्यसैले नयाँलाई काम गर्न सहज छैन तर नयाँ नै आएर काम नगरी देश बन्दैन l देश बन्ने भए यस अघि नै पनि बन्नु पर्थ्यो नि होइन र ? सबै पुराना पार्टीले नै देश चलाएका थिए l सिद्धान्त भएका भनिएका पार्टीले देश चलाएका थिए तर देश बनेन् l आफूहरू नयाँ भए पनि जनताले गरेको विश्वासलाई हेर्नुस न पार्टी गठनको पाँच महिना पुग्दा नपुग्दै २० सिट जितेर राष्ट्रिय राजनीतिको संसदमा चौथो ठुलो दल बन्यौ l पार्टी सभापतिको उपप्रधानमन्त्री र संसद पद खारेज भएर फेरि निर्वाचन हुँदा पाएको मत र तनहुँबाट पार्टीका उमेद्वारको विजयलाई हेर्नुस् हामीप्रति कत्रो भरोसा छ l अब इलामको उपचुनावमा पनि जित्ने हामीले नै हो l त्यसैले हामीलाई ढुङ्गा हान्छन् अनेक कल्पित आरोप लगाउँछन् l तर हामी काम गर्न छोड्दैनौ र २०८४ मा सबैलाई आश्चर्यचकित बनाउने गरी चुनाव जितेर देश बनाउँछौ l
कथित सिर्जित विवाद र सामान्य कुरालाई पहाड बनाएर प्रस्तुत गर्ने कामले हाम्रो बाटो रोकिन्न l सत्ता र शक्ति गुमाउँदै गएकाले गर्ने नै यस्तै हो l उनीहरू बिग्रेको कारण हामी आएका हौँ l अल्लाहमा गल्ती हुन्न तर इन्सानमा गल्ती हुन्छ त्यो सच्याउदै जानुपर्छ l राजनीति कर्मीलाई सानो गल्तीमा पनि ठुलो दण्ड दिने र गल्ती नै नभए पनि गल्ती भयो,गल्ती गर्यो भनिने रहेछ l पार्टीमा लागेका मान्छे सबै राम्रा नै हुन्छन् भन्ने छैन l नराम्रा र बदमासी गर्न उद्दतलाई तुरुन्तै कारबाही गर्नु पर्छ जुन हाम्रो पार्टीले गरेकै छ l संसदबाट नै निष्कासन गरेको छ l कमजोरी गर्नेलाई बचाउने कि परित्याग गर्ने सबाल यो हो l हामी प्रमाणित कमजोरीलाई ढाकछोप गरेर राख्दैनौ l आरोप नै मात्र चैं सबथोक होइन l हिलो छ्याप्ने कुराले हामी विचलित हुँदैनौं l हामीलाई सभापति मार्फत हिलो छ्याप्ने प्रयत्न गरिएको छ l हामी हिलोमा छौं तर अर्काले छ्यापेको हिलो हो l हामी आफै फोहोरी होइनौ तर फोर सोहोर्ने खाडलमा भने निस्चय नै छिरेका हौँ l दशकौ देखिको फोहोर सफा गर्ने अभियानमा हामी छौं l जसको लागि समय लाग्छ l हाजी दाइ रास्वपा सरकारमा गएको बारे आफ्नो धरणा राख्छन् l सफाइ कर्मचारीको रूपमा पार्टी सरकारमा गएको हो l
इस्लाम धर्म र राज्य
इस्लामिक धर्मका लागि सरकारले आज सम्म कहींकतै लगानी गरिदिएको छैन l १८ लाख मुश्लिमको लागि सरकारी तवरबाट कुनै सहयोग प्राप्त भएको छैन l हिन्दुहरूको लागि संस्कृत विश्वविद्यालय र हरेक जिल्लामा विद्यापीठहरू छन्, बुद्धिष्टहरूको लागि पनि बौद्ध विश्वविद्यालय र गुम्बाहरू मार्फत् राज्यले लगानी गरेको छ l लुम्बिनी बौद्ध विश्वविद्यालय बनाएको छ तर इस्लामिकहरूको लागि सरकारले एउटा सानो इस्लामिक स्कुललाई समेत सरकारी अनुदान दिएको छैन l यो असमानतालाई अन्त्य गर्न म लागिपर्छु l मुस्लिमहरूको हक स्थापित गरेर समुदायको लागि राज्यको साधन र स्रोतबाट वन्चित हुने परिपाटीको अन्त्य गरी समता र मर्यादामा कहींकतै कमजोरी नहुने गरी काम गर्ने इरादा बोकेर म राजनीतिमा छु l
सामाजिक सङ्घ संस्थाको आवद्धता
प्रगति नगर टोल सुधार समाज उपाध्यक्ष,ओपन स्पेस आयोजनाको अध्यक्ष,जसले पार्क निर्माण गर्ने, खुला ठाउँ खोज्ने आदि काम गर्छ l हेल्दी फ्रेण्डस क्लवको सदस्य आदि
इस्लाम धर्मको सामाजिक सेवा सम्बन्धी दर्शन र नियम
इस्लाम धर्म भन्छ रे ‘दान दिएको कसैलाई नभन’ र ‘वार्षिक कमाइको ढाइ प्रतिशत दान र सहयोगमा खर्च गर’ त्यसैले आफूले व्यक्तिगत रूपमा गरेको सहयोग प्रदर्शन गर्ने र वर्णन गर्ने विषय होइनन् l मैले कति गरे के गरे त्यो गुण मान्नेले नै मूल्याङ्कन गर्न छोडौं l मलाई मेरो व्यक्तिगत प्रसंशा मन पर्दैन l मुस्लिम धर्म इमानको पाठशाला हो l मलाई नै बेइमान गर्न आउँदैन हामी इमानको पाठशालाका उत्पादन हौँ l इमान राख्न र देखाउन नै राजनीतिमा म पनि लागेको हुँ l आफ्नो धार्मिक स्कुलिङप्रति गर्व गर्छन् हाजी दाइ l नमाज पढने बेलामा कुनै ठुलो सानो राजादेखि रंकसम्म नहुने हुनाले कतै र कसैलाई भेदभाव गर्न इश्लामहरू जाँन्दैनन र गर्दैनन् l समताको अभ्यास बारे हाजी दाइ सुनाउँछन् l मुस्लिम समुदायको विवाहित छोरीलाई बाउको अंशबाट चार भागको एक भाग दिने नियमनै बनेको छ l मुश्लिम समुदायमा मदिरा र अन्य लागू पदार्थ वर्जित छ l चुरोट सम्म कन्सिडरेवल छ l मुस्लिम समुदायमा तिमी,तपाई, हजुरको भाषमा हाइर्याकी छैन l
हज कमिटिको अध्यक्ष
सरकारले वैशाख दुई गते हज कमिटिको अध्यक्षको लागि हाजी ईश्रामुल्ला मियाँलाई दुई वर्षको लागि नियुक्त गरेको र आज वैशाख १० गते सपथ ग्रहण पश्चात हाजिदाइ आफ्नो कार्यभार सम्हाल्दै छन् l
हाजीदाइ हज कमिटिको अध्यक्ष भएपछि गर्ने काम र योजनाको लिष्ट नै तयार गरेर बसेका छन् l संस्थापक अध्यक्ष ( अहमदिन २०२१ देखि हालसम्म भएका अध्यक्षहरूको सकारात्मक पक्षलाई ग्रहण गर्दै उनीहरूले गरेका कमजोरी सच्याएर हज जाने र व्यवस्थापन गर्ने विशिष्ट शैली विकास गर्ने र आजसम्म कसैले गर्न नसकेको काम गरेर देखाउने उनको सपना छ l
नेपालबाट साउदी अरबमा हजको लागि जान चाहनेहरूका लागि त्यसको सम्पूर्ण व्यवस्थापन तथा समन्वयको काम हज कमिटीले गर्दै आएको छ। प्रत्येक वर्ष हजको लागि विश्वभरबाट साउदी अरब जाने गर्दछन् । र नेपालबाट पनि प्रत्येक वर्ष हजको लागि जाने गर्दछन् । नेपालबाट हजको लागि साउदी जानलाई कोटा तोकिएको छ। प्राय : हजमा जाने बेलामा कमजोर व्यवस्थापन तथा आर्थिक हिनामिना लगायतका विषयमा जोडिएर हजकमिटीको आलोचना हुँदै आएको छ ।
हज यात्रा सस्तो भरपर्दो गराउने तर सेवा र सुविधामा कुनै कन्जुस्याई र कतै सम्झौता नगरी काम गर्ने सोच बनाएका छन् हाजी दाइले l आफू इस्लाम राष्ट्रमा लामो समय बसेको कारण त्यहाँको कानुन शैली र व्यवस्थापन बारे जानकार भएको हुनाले हज यात्रीको लागि सहज व्यवस्थापन गर्न सकिने विश्वास हाजी दाइ राख्छन् l हजीहरूले तिरेको पैसा पारदर्शी ढङ्गले देखाउने र कुनै मध्यस्तता नराखी काम गर्ने र आफै सिधै गएर सेवा प्रदायक कम्पनीसँग डिल गर्ने र हजीको सुविधाको लागि दिलो ज्यान दिएर काम गर्ने उनको मनशाय देखिन्छ l
विश्वमा इश्लाम धर्म
यो शताब्दिको मध्य अर्थात् सन् २०५० सम्ममा भारत विश्वमा सबैभन्दा धेरै मुस्लिम जनसंख्या रहेको देश बन्नेछ । अमेरिकाको प्यू रिसर्च सेन्टरले सार्वजनिक गरेको रिपोर्टअनुसार विश्वमा सन् २०१० देखि २०५० को बिचमा मुश्लिमहरूको जनसंख्या ७३ प्रतिशतले बढ्नेछ ।
त्यस्तै यो बिचमा क्रिस्चियनको जनसंख्यामा ३५ प्रतिशतले बढोत्तरी हुनेछ र यो सबैभन्दा तिव्र रुपमा वृद्धि हुने दोश्रो धर्म हुनेछ । विश्वमा हिन्दुको जनसंख्यामा भने यो ४० वर्षमा ३४ प्रतिशत मात्रले वृद्धि हुनेछ ।
द फ्युचर अफ वल्र्ड रिलिजन शीर्षकको रिपोर्टमा भनिएको छ l सन् २०५० सम्ममा विश्वको जनसंख्या सन् २०१० को तुलनामा ३५ प्रतिशतले बढेको हुनेछ । यदि मौजूदा वृद्धिदर कायम भएमा सन् २०७० सम्ममा विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको धर्म मुस्लिम धर्म हुनेछ । (अन लाइन खबर,२०७३ ) यो आँकडा प्रस्तुत गरिरहँदा यसको रहस्य हाजी दाइ खोल्छन् l नेपालमा पनि अन्य धर्मबाट धर्मान्तरण धेरै हुन्छ तर मुस्लिम धर्मान्तरण गरेर अन्यत्र जाँदैनन् l बरु मुश्लिम धर्ममा अन्य समुदायका मान्छे आउँछन् l
हिन्दु धर्म सम्बन्धमा
हिन्दु देश हो नेपाल,यहाँ हिन्दुको बाहुल्यता छ त्यसैले म मुस्लिम भए पनि हिन्दुराज्य हुँदा हाम्रो आपत्ति छैन l हिन्दु धर्म भित्रको ठुलो सानो र उँच निचको जुन धारणा र मान्छेलाई मान्छे नमान्ने छुवाछुत र जातीय भेदभावको अभ्यास छ त्यो भने हिन्दुहरूले त्याग्नु पर्ने छ l अन्य विषय र धर्मका कुरा आआफ्ना विश्वासका कुरा हुन् l हाजी दाइ मुस्लिम भएको कारण इस्लाम धर्मले गाई खाने अनुमति दिन्छ तर उनले अरब मुलुकमा बस्दा समेत गाईको मासु खाएनन् उनलाई हिन्दु धर्मका मान्छेहरूको गाईप्रतिको विश्वास र देशको कानुनमा आस्था छ त्यसैले हाजीदाइ सहिष्णु र एक अर्काको धर्म संस्कृति र चलनलाई सम्मान गर्ने प्रकृतिका लाग्छन् l
हाजी दाइको धोको
रास्वपाको एकलौटी सरकार बनाएर देशलाई आज सम्मकै सबै असफलता दुर्दशा र बिडम्बना चिरेर नयाँ र विकसित राष्ट्र बनाउने धोको छ l साथै हज कमिटिको आफ्नो कार्यकालमा यी दुई विषय पनि सम्बोधन गर्ने र आफ्नो समाज र समुदायप्रतिको दायित्व पूरा गर्ने रहर छ l
हज यात्रीको लागि हज हाउस बनाउने इच्छा छ जहाँ हज हाउस ( आवास गृह भित्र नै मस्जिद पनि होस् l र हजयात्री काठमाडौँ आएको बेला सहजतापूर्वक बस्न सकून l
इस्लामिक विश्वविद्यालय बनाउने धोको छ l
सरकारी लगानीमा एउटा भव्य मस्जिद र मदरासा र त्यसैलाई विश्व विद्यालय बनाउने धोको छ l जसको आकर्षण चर्चा र बखान देशविदेशमा होस् र इश्लाम शिक्षाको असल गन्तव्य बनोस् l पर्यटकीय आकर्षणको केन्द्र बनाएर आन्तरिक र बाह्य मुश्लिम पर्यटक तान्न सकियोस् l आफ्नो योजना र सपना हाजी दाइ सुनाउँछन् l
पश्चिमी जगतबाट बब डायलन, बीटल्सका गीतका उधुम शुरु मात्र भएको थिएन त्यसको प्रभाव पनि आइसकेको थियो। यस...
छुवाछुत र जाति विभेदलाई गम्भीर मानवाधिकार उलंघनको विषय बनाउनुपर्छ र यो विषयलाई अन्तर्राष्ट्रियकरण गर...
नले दार्जिलिङबाट दुई कुरा पाए, पहिलो उनलाई अति नै माया गर्ने प्रशंसक पेमलालाई प्रेमीको रूपमा र त्यही...