दलित गोलमेच सम्मेलनलाई खुल्ला पत्र-झलक विश्वकर्मा (कुमार)
प्रिय सम्मेलन अयोजक तथा सहभागी मित्रहरू
नमस्कार ।
दलित गोलमेच सम्मेलन हुन लागेको सुन्न पाउँदा खुशी लाग्यो । सम्मेलन आयोजना गर्न लाग्नु भएकोमा आयोजकलाई धन्यवाद ।सम्मेलनका सम्बन्धमा मेरा केही सुझावलाई यहाँ राख्दछु ।
१. सर्वप्रथम यो सत्य स्वीकार गर्नुपर्दछ कि नेपालको मौजुदा संविधान, ऎन, नियम ,कानुन र सरकारका मौजुदा नीतिनियम, कार्यक्रम र दलित समुदायका लागि भनेर बनाइएका सम्रचनाहरूबाट अबको ५०० बर्षपछि पनि दलित समुदायको मुक्ति सम्भव नै छैन ।
२. अहिलेसम्म राज्यको सोच र चरित्र दलित मुक्तिको पक्षमा छैन l
३. सबै राजनीतिक पार्टीहरूले दलितका मुद्दाहरूलाई `प्रयोगवाद´को नीति अपनाएर दलित समुदायका राजनीतिक व्यक्तिलाई `बालिघरे राजनीति ´गर्नु पर्ने परिस्थिति बनाएका छन् ।
४. नेपालको कर्मचारी तन्त्रले दलित समुदायमाथि उत्पिड्न र अत्याचार भैरहेको छ भनी स्वीकार गरेको छैन । ५. जान अन्जानमा ९९% दलित आफैले श्रेणीगत जातव्यवस्था अझै स्वीकार गरिराखेका छन् ।
६. दलित समस्यको उत्पत्ति धर्मबाट भएको हो भनी स्वीकार नगरी `हत्केलाले सूर्यलाई छेक्ने´ या त `जान्छ जान्छ पानीदेखि डराउछ´ भने जस्तो भैरहेको वस्तविकता हो । यसको लागि धर्मको उच्च तह धार्मिक स्कलरहरूसँग अर्थपूर्ण बहस गर्नु पर्नेछ ।
७. दलित समुदायको नाम बाट राजनीति गरेर सांसद, मन्त्री र पार्टीहरूका उच्च पदमा पुगे तापनि दलित समुदायप्रति उत्तरदायी नभै आ-आफ्ना पार्टी र गुठका नेताप्रति मात्रै उत्तरदायी भएको वास्तविकतालाई स्वीकार गर्नु पर्यो । यस समस्यको समाधानका लागि डा. अम्बेडकरले उठाएको दलित समुदायका लागि दोहोरो मतदान प्रणाली या यसको अर्को उत्तम विकल्प खोज्नु पर्यो ।
८. अन्तर दलित विभेदको अन्त्य र अन्तर घुलनको सुनिश्चित गर्ने बारेमा छलफल हुन पर्यो ।
९. दलित समुदायका परमंपरागत पेशा माथिको विशेषअधिकार को बारेमा छलफल हुनुपर्छ ।
१०. मानव विकास सूचकांक ( human development index )लाई अगाडि राखी दलित समुदाय आज कहाँ छ ? अब को ५० /१०० बर्ष सम्म कहाँ पुर्याउने भनि एउटा निश्चित मार्ग पहिलाउनु पर्द्छ ।
११. दलित समुदायका राजनीतिककर्मी, एनजिओकर्मी र पत्रकारहरू गाउँ र सहर मा बसेर अन्य विभिन्न व्यापार, व्यावसय गर्ने दलित समुदायका व्यक्तिहरूलाई विश्वासमा लिने र सहकार्य गर्ने वतवरण बनाउनु पर्दछ ।
१२. दलित नेतृत्वले यी बिषय लाई मननगरेर म, मेरो परिवारमा लागु गर्ने प्रतिबद्धता गर्नु पर्दछ ।
१३. एउटा निश्चित समय अवधि तोकेर `दलित मुक्तिको वर्ष ´निर्धारण गर्नु पर्यो ।
१४. जापान सरकारले कोरियाली नागरिकसँग र जर्मन राष्ट्रपतिले पोलिस नागरिकसँग औपचारिक रुपमा माफी मागे जस्तै ! युगौ देखि हुँदै आएको अपराधको लागि सरकार प्रमुख, राष्ट्र प्रमुख र धर्मको उच्च निकायबाट औपचारिकरूपमा दलित समुदायसँग माफी माग्नु पर्छ ।
१५. प्रत्येक गरैदलित समुदायको घर घरबाट दलित मुक्तिको पक्षमा एक्यैबद्धता र विभेद र छुवाछुको अन्त्य गरेको लहर चलाउने कार्यक्रम ल्याउनु पर्दछ ।
१६. छुवाछुत र जाति विभेदलाई गम्भीर मानवाधिकार उलंघनको विषय बनाउनुपर्छ । र यो विषयलाई अन्तर्राष्ट्रियकरण गर्नु पर्दछ l
माथि उल्लिखित विषय र मुद्दामा दलित गोलमेच सम्मेलनको ध्यान पुगोस् l दलित गोलमेच सम्मलेन सफलताको कामना गर्दछु l
स्मरणीय : लेखक झलकले गत वर्ष २०८१ मा राजनीतिक क्रान्तिको ओझेलमा दलित मुक्ति नामक किताब प्रकाशित गर्नु भएको छ l
पश्चिमी जगतबाट बब डायलन, बीटल्सका गीतका उधुम शुरु मात्र भएको थिएन त्यसको प्रभाव पनि आइसकेको थियो। यस...
नले दार्जिलिङबाट दुई कुरा पाए, पहिलो उनलाई अति नै माया गर्ने प्रशंसक पेमलालाई प्रेमीको रूपमा र त्यही...
आफ्ना विचारहरू अत्यन्तै शिष्ट,सन्तुलित सौम्य,मर्यादित,बौद्धिक र तार्किक ढङ्गले व्यक्त गर्ने सुन्दरसँ...