दोलखाबाट सिन्धुपाल्चोकमा जन्ती लिएर गएको बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ जना घाइते
वैशाख,७
दोलखाबाट जन्ती लिएर सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस आज बिहान साढे सात बजे तिर दुर्घटना भएको छ ।
सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ धारावतीमा जन्ती बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ५२ जना घाइते भएका छन् ।
दुर्घटनामा तीन जनाको मृत्यु भएको र उनीहरूको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ l
रोलवालिङ यातायातको बस तौथली बुलबुलेको सडक भन्दा अन्दाजी १०० मिटर तल झरेको थियो । दुर्घटनामा घाइते भएकाहरूलाई खाडीचौरस्थित सिन्धु सदाबाहर अस्पताल लगिएको छ भने मृतकको भने पहिचान हुनै बाँकी रहेको छ l
फोटो सार्वजनिक संजालबाट साभार
समारोहमा गृह मन्त्रालयका सचिव रामेश्वर दङ्गालले नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह...
उक्त कार्यक्रम हुम्लामा पनि सञ्चालन गरिने अस्पतालले जनाएको छ ।
हिउँ परेसँगै चिसो अत्यधिक बढेकाले स्थानीय जनजीवनमा चिसोको प्रभाव पर्ने र कात्तिकमै हिउँ परेकाले स्...