'दलितका लागि दलित अभियान'का संयोजक खगेन्द्र सुनार साहसी युवा राष्ट्रिय सम्मानबाट सम्मानित
काठमाडौँ, चैत २९
'दलितका लागि दलित अभियान नेपाल'का संयोजक खगेन्द्र सुनार साहसी युवा राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन् । लामो समयदेखि दलित समुदायको हितमा क्रियाशील सुनार 'नेशनल डिजिटल मिडिया साहसी युवा अवार्ड २०८० 'बाट सम्मानित भएका हुन ।
नेशनल डिजिटल मिडिया साहसी युवा अवार्ड २०८० ' मा भनिएको छ : 'अन्याय, अत्याचारमा परेको उपेक्षित, उत्पीडित दलित वर्गको हितमा तपाईंले आवाज उठाउदै आउनुभएको छ, जातीय विभेद र अत्याचार विरुद्ध जागरण पैदा गर्नुभएको छ, समुदाय प्रति यहाँको प्रतिबद्धताको कदर गर्दै समाजसेवी, साहसी युवा अवार्डबाट सम्मानित गर्दछौं l' सम्मान पत्रमा उल्लेख गरिएको छ ।
काठमाडौमा आयोजित एक विशेष समारोहका बीच प्रतिनिधि-सभाका उपसभामुख इन्दिरा रानाले खगेन्द्र सुनार लगायत केही सामाजिक अगुवाहरूलाई सम्मान गरेकी हुन् l
खगेन्द्र सुनारले दलित आन्दोलनलाई नयाँ शिराबाट उठाउन महत्वपूर्ण योगदान पुर्याईरहेका छन् l
अन्य भाइटल पोष्टहरूमा पनि आकांशीहरूको लामो लर्को रहेको देखिन्छ ।
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l