इलाम २ र बझाङ १ मा उपनिर्वाचन वैशाख १५
काठमाडौं,फागुन १३
प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा उपचुनाव हुन वैशाखमा १५ गते हुने भएको छ ।
निर्वाचन आयोगको आइतबार बसेको २०८१ वैशाख १५ गते शनिबार उपचुनाव गर्ने निर्णय गरेको हो ।
इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित तत्कालीन प्रतिनिधिसभा सदस्य नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको २६ भदौमा निधन भएर सो स्थान रिक्त भएको थियो l
यस्तै बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको २५ असार २०८० मा गाडी दुर्घटनामा निधन भएको थियो ।
सरकारको परामर्शमा उपनिर्वाचनको मिति निर्धारण गरिएको आयोगले जनाएको छ ।
भविष्यमा समग्र राज्य प्रशासन धार्मिक समुदायप्रति थप संवेदनशील र जिम्मेवार बन्नुपर्ने माग समेत पार्टी...
अन्य भाइटल पोष्टहरूमा पनि आकांशीहरूको लामो लर्को रहेको देखिन्छ ।
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...