कांग्रेस महासमिति बैठक चियो, चर्चा र चासो

गठबन्धनबारे बोल्दा माओवादी एमालेतिर धकेलिने डर
''माओवादी एमालेतिर धकेलिने डरशीर्ष तहमा भएको सहमतिअनुसार महामन्त्री गगनकुमार थापाले सांठगनिक प्रतिवेदनमा चुनावी गठबन्धन नगर्ने संकल्प प्रस्तावलाई संशोधन गरेर एक्लै लड्ने प्रस्ताव राखेका छन् । तर महासमिति प्रतिनिधिहरूले भने प्राथमिकताका साथ गठबन्धनबारे नै मत राख्ने गरेका छन् ।
महासमिति बैठकमा पेश भएका प्रतिवेदनहरुमाथि छलफलका लागि चार वटा समूह बनाइएको छ । बुधबार सबै समूहमा गरेर कूल ३८५ जनाले प्रतिवेदनमा सुझाव दिएका छन् । बन्द सत्रबाट आएका सुझावहरू बिहीबार हलमा पेश हुनेछ । बिहीबार दिउँसो २ः३० बजेपछि समापन समारोह हुने प्रचार प्रसार उपसमितिका संयोजक मीन विश्वकर्माले जानकारी गराए ।
सहभागीहररूका अनुसार धेरै प्रतिनिधिले गठबन्धनका विषयमा धारणा राखेका छन् । चुनावी गठबन्धन गर्ने निर्णय जानुपर्छ भन्ने मत राख्ने देखिएका नेताहरू छैनन्, तर धेरैजसो जिल्ला सभापति, प्रदेशसभा सदस्य र केन्द्रीय नेताहरूले चुनावमा गठबन्धन गर्ने नगर्ने निर्णय गर्न हतार गर्न नहुने मत राखेका छन् ।
अहिले नै गठबन्धन नगर्ने भनेर संकल्प गर्नु माओवादीलाई वाम एकतातिर धकेल्नु हुने उनीहरू को तर्क छ l'' भन्दै onlinekhabar.com मा लिलु डुम्रेले लेखेका छन् l
गगनको चुनावी गठबन्धन नगर्ने प्रस्तावपछि कांग्रेसमा चिन्ता- कम्युनिष्टहरू एक हुँदैछन् अन्न
''नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महासमितिको बैठकमा अब उप्रान्त चुनावी गठबन्धन नगर्ने प्रस्ताव राखेपछि सत्तारुढ गठबन्धनमा आशंका बढेको छ । बैठकमा प्रस्तुत पाँच प्रस्तावमाथि छलफल भइरहे पनि महामन्त्री थापाको गठबन्धनबारे प्रस्तावमाथि बहस धेरै भइरहेको छ ।
संयोग मान्नुपर्छ, कांग्रेसमा चुनावी गठबन्धन नगर्ने औपचारिक रुपमा बैठक प्रस्ताव राखेकै दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भयो । शान्ति प्रक्रियाका बाँकी काम र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइए पनि यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
गगनको प्रस्तावमाथि बैठकमा मिश्रित प्रतिक्रिया आइरहेको भए पनि गठबन्धन रणनीतिक हुने भएकाले अहिले नै घोषणा गरेर जान उपयुक्त नहुने मत बलियो छ । जुन कुरा बैठकको उद्घाटन सत्रमै सभापति शेरबहादुर देउवाले उल्लेख गरेका थिए ।
महामन्त्री थापाले चुनावी गठबन्धन नगर्ने विषय प्रतिवेदनबाट हटाउने भए आफूले सांगठनिक प्रतिवेदन नै प्रस्तुत नगर्ने चेतावनी दिएका थिए । त्यसपछि देउवा राजी भएका थिए ।
त्यसो त गगनसँग बुढानीलकण्ठमा सहमति जनाउनुअघि देउवा र उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बालुवाटार पुगेर गठबन्धन तलमाथि नहुने प्रधानमन्त्री प्रचण्डलाई आश्वस्त पारेका थिए ।
प्रचण्डपछि सत्ता पर्खिरहेका देउवा २०७४ को निर्वाचनमा एमाले र माओवादी मिलेर कांग्रेस २३ सीटमा खुम्चिनुपरेको कारणले अहिले सचेत छन् । तर, गगनले अडान नछाडेपछि देउवा बाध्य भएर अहिले यो प्रस्ताव बैठकमा राख्ने सहमति जनाएका थिए '' कांग्रेस महासमिति बारे नेपाल प्रेसले लेखेको छ l
प्रदेश संरचना बलियो बनाउनदेखि गणतन्त्रमाथि देखिएका खतरासम्मका चर्चा
''समूहगत छलफलका क्रममा सबै जिल्लाका जिल्ला सभापतिहरू, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरू, जनसम्पर्क समितिका प्रमुखहरुले बैठकमा पेश भएका पाँचवटै प्रतिवेदनमा आफ्नो धारणा राखेको उनले बताए। छलफलमा गोदावरी हलबाट ११०, विशंखुनारायण हलमा ९५, फूलचोकी हलमा ९० र कोन्ज्योसोम हलमा ९० जना महासमिति सदस्यहरूले आफ्नो धारणा राखेको मिनविश्वकर्माले बताए।
प्रदेश संरचनालाई बलियो बनाउन अधिकार दिनुपर्ने, गणतन्त्रमाथि देखिएका खतरालाई रोक्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने, पार्टी संगठनलाई सक्रिय बनाउनुपर्ने, भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई पूर्णता दिनुपर्नेलगायत सुझाव आएको उनको भनाइ छ।
सुशासन कायम गर्न भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई कार्यान्वयन गर्न पनि अधिकांश महासमिति सदस्यहरूले सुझाव दिएका छन्। महासमिति बैठकअन्तर्गत बिहीबार समूहगत छलफलबाट प्राप्त सुझावहरू प्रदेश सभापतिहरूले पदाधिकारीसहितको उपस्थितिमा हुने महासमिति बैठकमा प्रस्तुत गर्ने र अपरान्ह समापन समारोह गरिने कांग्रेसले जनाएको छ ।'' भन्दै 'अन्नपूर्ण पोष्टले लेखेको छ l
भ्रष्टाचार नियन्त्रणदेखि जलवायुका सङ्कट समाधानसम्मका सुझाव
छलफलका क्रममा महासमिति सदस्यहरुले कांग्रेसले संविधानको कार्यान्वयनमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने, पार्टीको विधान पालना गर्नुपर्ने, प्रदेश संरचनालाई बलियो बनाउन अधिकार दिनुपर्ने, गणतन्त्रात्मक पद्धतिमाथि निरन्तर भइरहेका प्रहारलाई रोक्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्र्ने, पार्टी सङ्गठनलाई सक्रिय बनाउनुपर्ने, भ्रातृ तथा शुभेच्छुक संस्थाहरुलाई पूर्णता दिनुपर्नेलगायत विषयमा आफ्नो धारणा राखे ।
महासमिति सदस्यहरुले सामाजिक न्यायका लागि कांग्रेसलाई सामाजिक आन्दोलनसँग जोड्नुपर्ने, आधुनिक कृषि प्रणालीमा जोड दिनुपर्ने, पर्यावरण संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा लाग्नुपर्ने, पूर्वाधार विकासलाई तीव्रता दिनुपर्ने, अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउँदै देशको हितमा काम गर्नुपर्ने, वैदेशिक लगानीको वातावरण सिर्जना गर्दै आर्थिक सुधार गर्नुपर्ने, ऊर्जा र जलस्रोतको सदुपयोग गर्न विदेशी लगानी भित्र्याउन पहल गर्नुपर्ने, युवा पलायनलाई रोक्न रोजगारीका अवसहरु बढाउनुपर्ने, उद्योग तथा कलकारखाना स्थापना गर्नुपर्ने, सरकार र पार्टीबीचको समन्वय बढाउनुपर्नेलगायत विषयमा सुझाव दिएका छन् ।'' रातो पाटीमा समचार छ l
नेपाली कांग्रेसको महासमिति बैठक परिसरमा हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर
कांग्रेस नेताहरूले धमाधम महासमिति सदस्यहरूको हस्ताक्षर संकलन गरिरहेका हुन्। हिन्दु धर्म सापेक्ष राष्ट्रको पक्षमा खुलेका नेताहरूले महासमिति बैठक चलिरहेको ललितपुरको गोदावरीमा हस्ताक्षर संकलन कक्ष नै राखेर दबाव दिइरहेका छन् l
हिन्दु राष्ट्र स्थापनाको पक्षमा कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालासहित १००० भन्दा बढी महासमिति सदस्यहरूले हस्ताक्षर गरिसकेका छन्। पूर्वमहामन्त्री एवं केन्द्रीय सदस्य डा.सशांक कोइराला र पूर्वसभामुख एवं पूर्वमहामन्त्री तारानाथ रानाभाटले पनि हस्ताक्षर गरेका छन् ।
कांग्रेसको केन्द्रीय समिति बैठकमा २२ जना केन्द्रीय सदस्यहरूले हिन्दु राष्ट्रका पक्षमा २०८० फागुन ४ गते लिखित प्रस्ताव गरेका थिए । महासमिति बैठकमा हिन्दु राष्ट्रका बारेमा प्रतिनिधिहरूले व्यक्तिगत धारणा राख्दै आएका छन् l यद्धपि हिन्दु राष्ट्र घोषणाको विषयमा कुनै पनि निर्णय हुने सङ्केत अहिलेसम्म देखिएको छैन l यो विषयलाई कांग्रेस नेताकार्यकर्ताको वैचारिक स्वतन्त्रतासँग मात्र हेरिएको देखिन्छ l akabarey.com
विभिन्न पत्रपत्रिका र अनलाइनहरूलाई यी समाचार सामग्रीको लागि akabarey.com धन्यवाद ज्ञापन गर्दछ l
रास्वपाले बैठक बहिष्कार गरेर बाहिर आएर पत्रकार सम्मेलन गरेको थियो l
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनि...
प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नु प...