देशभरबाट काठमाडौँ आउँदै मिटरब्याज पीडितहरू
फाल्गुन, ४
न्यायको माग गर्दै देशका विभिन्न भूभागबाट मिटरब्याज पीडितहरू राजधानी काठमाडौँतर्फ आइरहेको कुरा हाम्रा संवाददाताहरूले उल्लेख गरेका छन् । सहिद दिवसका दिन पूर्वको झापा र पश्चिमको महेन्द्रनगरबाट मिटरब्याज सङ्घर्ष समितिका मान्छेहरू पीडित सहित पैदलयात्रा गर्दै बिहीबार चितवन आएर भेट भएका छन् । त्यहाँबाट उनीहरूको ठुलो समूह पैदल हिँडेर काठमाडौँतर्फ आइरहेको छ ।
पटक–पटक जतिपटक आन्दोलन गर्दा पनि सरकारले सुनुवाइ नगरेको भन्दै उनीहरूले मिटरब्याज पीडित संघर्ष समिति गठन गरेर देशव्यापी मिटरब्याज पीडितहरूलाई संगठित गरेर न्याय मार्च गरिरहेका छन् ।
यसअघि सरकारले छानबिन आयोग नै गठन गरेर मिटरब्याजको समस्या समाधानको पहल थाले पनि त्यसबाट आफूहरूलाई पूर्ण न्याय नमिलेको उनीहरूको गुनासो रहेको छ ।
सरकारले भने आयोगले करिब ५ हजार मिटर ब्याज पीडितको समस्या समाधान गरेको छ भने अब १५ हजारभन्दा धेरै पीडितहरूको समस्या रहेको मिटर व्याज पीडितहरूको भनाइ छ l
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l
पार्टीको आज जारी केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परिया...