डाक्टर गोविन्द केसीलगायत अभियन्ताहरू रिहा

काठमाडौँ, पुस, २१
प्राध्यापक डाक्टर गोविन्द केसीसहित माइतीघर मण्डलबाट पक्राउ परेका नौ जना रिहा भएका छन् l
विभिन्न मागसहित निषेधाज्ञा तोड्न माइतीघरमा प्रदर्शनमा उत्रिएका केसी र उनका समर्थकलाई प्रहरीलेदिउँसो १२ बजे नियन्त्रणमा लिएको थियो l सिंहदरवार प्रहरी वृत्तमा रहेका आन्दोलनकारीहरू डाक्टर गोविन्द केसी, पुकार बम शशिविक्रम कार्की, प्रेम चलाउने, डा. हरिचन्द्र कमली, लेनिन,भिक्षु विनोद कार्की, चाउ र लक्ष्मण श्रेष्ठलाई प्रहरीले अधिवक्ता ओमप्रकाश अर्यालको रोहवरमा हिरासतमुक्त गरेको हो l
अन्य आठ जनाले रिहाई कागतमा सही गरे पनि डाक्टर केसीले आफूलाई पक्राउपुर्जी बिना पक्राउ गरिएकोले पक्राउ पुर्जी पाएपछि मात्र रिहाई कागतमा सही गर्ने अडान राखेर सही गर्न मानेनन् l
पक्राउ परेका अधिकांश आन्दोलनकारीलाई प्रहरीको अत्याधिक बल प्रयोगको कारण चोटपटक लागेको छ l डाक्टर केसीको पनि हातमा चोट लागेको छ l प्राय सबैको लुगा च्यातिएको छ l
मुस्ताङ र मनाङबाहेक गण्डकी प्रदेशका नौ जिल्लामा ‘अडिसन’ सञ्चालन गरिएको थियो ।
आर्थिक वर्ष २०८१÷८२ को प्रगति समीक्षा कार्यक्रममा उत्कृष्ट ती स्थानीय तहलाई सम्मान गरिएको हो ।
पालिकाले वातावरण तथा पूर्वाधार, तालिम उपलब्ध, कलासंस्कृति संरक्षणलगायत क्षेत्रमा समुदायलाई आवश्यक सह...