मुगुमा अनमी तुलसा विकमाथि जातीय विभेद

मुगु,
गत सोमबार रातो पछ्यौरी ओढेको, रातो टीका लाएको हातमा फूलको गुच्छा र प्रमाणपत्र बोकेको एउटा तस्बिर सहितको फोटो सहित 'दलितले छोएको औषधि गाउँलेले खाँदैनन् तुलसा लाई गाउँ निकाला' भन्व्याने सूचना र जानकारी भएको पेजव्यापक सेयर भयो/ फैलियो l जसले सबैको ध्यान केन्द्रित गर्यो l कुरा मुगुको सोरु गाउँपालिका–९ खनाया स्वास्थ्य केन्द्रमा कार्यरत अनमी तुलसाकुमारी विश्वकर्मामाथि जातीय विभेदको हो । जातको कारण देखाउँदै तुलसाई घरभेटीले डेरा छोड्न बाध्य बनाएको घटना यस्तो छ :
दाङ तुल्सीपुरकी उनी गत वर्ष माघ २४ गते खनाया स्वास्थ्य केन्द्रमा हाजिर भई उक्त स्वास्थ्य केन्द्रका इर्न्चाज सुरजकुमार शाहीको घरमा डेरा लिएर बस्दै आएकी थिइन् । डेरा लिएर बसेको करिब ९ महिनापछि दलित भएकोले भन्दै डेरा सार्ने दबाब दिएको विश्वकर्माले बताइन् ।
'पहिले जात थाहा भएन तिमी यहाँ बस्यौ दलित रहेछौं अब कोठा छोडेर अन्यत्र जाउ' सुरजकी आमाले भनेको उल्लेख गर्दै विश्वकर्माले भनिन्,'पानी नचल्ने जात रहेछौं पहिले थाहा भएन अब कोठा छोड ।'भनेर जातीय भेदभाव गरिएको तुलसाको दावी र भिडियो सार्वजनिक भएको छ l
दलितलाई घरमा बसाए अ गाउँले आउँदैनन् समेत भनेपछि कोठा छोडेर स्वास्थ्य केन्द्रमा शरण लिन बाध्य भएको तुलसाको गुनासो र आक्रोश छ l अन्य जातका महिला मिन्स हुँदा सात दिनसम्म जस्तोसुकै असुरक्षित घरमा बसे पनि सुरक्षित हुने तर म सुरक्षित घरमै पनि असुरक्षित भएर बसें l रातविरातका अनेकौं फोन र धम्की सामना गर्नु पर्यो l साथै कोकमा रक्सी मिसाएर खुवाउँदै भिडियो बनाएर आफ्नो सार्वजनिक बेइज्जत गरिएको पनि तुलसाको आरोप छ l
स्वास्थ्य केन्द्रका इन्चार्ज तथा घरभेटी सुरजले भने तुलसालाई कुनै जातीय विभेद नगरेको दाबी गरेका छन् । 'म स्वास्थ्य इन्चार्ज भएकै कारणले सुरुमा तुलसालाई मेरो घरमा बसालें', सुरजले भने,' मेरी आमाले तुलसा लाई कोठा छोड भन्ने दबाब दिएको जस्तो लाग्दैन ।'
'गत सोमबार दलितले छोएको औषधि गाउँलेले खाँदैनन् तुलसालाई गाउँ निकाला' भन्ने सूचना समाजिक सञ्जालमा आएपछि सुरक्षाकर्मी, पालिका उपाध्यक्ष र सञ्चारकर्मीहरू खनाया स्वास्थ्य केन्द्रमै पुगेर तुलसालाई मंगलबार जिल्ला सदरमुकाम गमगढी ल्याएका थिए । गमगढीमा उनले आफूले भोगेको विभेदबारे जानकारी दिएकी थिइन् ।
सोधपुछको क्रममा तुलशाले मैले छोएको औषधि गाउँलेले खाएनन् र मलाई गाउँलेले गाउँ निकाला गरेको भन्ने सामाजिक सञ्जालको समाचार चैं धेरै पहिलेको हो, तर घरभेटीले चाहिँ जातकै आधारमा कोठा छोड्न लगाएको चै हालसालैको घटना हो l 'तुलसाको स्पष्टोक्ति छ l
अनमी तुलसाले जातीय विभेदको हिंसा भोग्नु परेको बिषयमा उजुरी परे अनुसन्धान गरी कारबाही गरिने प्रमुख जिल्ला अधिकारी ले जानकारी गराएका छन् l
छुवाछुतमुक्त, मानव समाज र देशकै कलङ्क हो l मानवाधिकारको उलङ्घन हो l
जातीय विभेदका आधारमा तुलसालाई हिंसा गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउन दलित अधिकारकर्मी लगायत मानवाधिकारवादी र न्यायप्रेमीहरूले जोड्दार माग गरेका छन् ।
राष्ट्रिय दलित गोलमेच सम्मेलन राजनीतिक प्लेटफर्म पनि हो l
संयुक्त नागरिक पार्टीले यो विश्वास गर्दछकी साँचो लोकतन्त्र तब मात्र सम्भव हुन्छ जब सबै समुदायको बराब...
जुन सपना मैले र मेरो परिवारले देखेका थियौँ, त्यो यही छात्रवृतिले पूरा गरेको हो । त्यसैले सरकारप्रति...