डाक्टर केसीको त्रि-दिवसीय अनसनको आज समापन

धनगढी, पुष,२
मेडिकल शिक्षा र स्वास्थ्यका अनवरत अभियन्ता डा. गोविन्द केसीले अनसन तोडेका छन्। गत शुक्रबार धनगढीमा अनसन सुरु गरेका उनले आज अनसन तोडेका हुन्।
डा.केसीले रेनुका चौधरी र अञ्जली नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन्।
गेटामा अनसन बस्न गएका केसीलाई स्थानीयले अवरोध गरेपछि धनगढीको कृष्णमन्दिरको धर्मशालामा अनसन बसेका थिए।
उनले सशस्त्र द्वन्द्वकालका जघन्य तथा मानबताविरोधी अपराधका दोषीलाई दण्डित गरी पीडित परिवारलाई न्याय हुने गरी सक्रमणकालिन न्याय प्रक्रिया शीघ्र टुङ्गोमा पुर्याउनु पर्ने र बिगतमा भएका सम्झौता कार्यान्वयन हुनुपर्ने माग अघि सारेका थिए।
डाक्टर केसीले तीन दिन मात्र अनशन गर्ने घोषणा पहिले नै गरेका थिए l केसीले विरोधको लागि मात्र अनसन गरेर सरकारको ध्यानाकर्षण गराएका हुन् l केसीको मङ्सिर १९ गते मात्र पित्तथैलीको अपरेशन भएको हो l
म मारिएछु भने पनि जनताले यिनीहरूका हातबाट तस्करले दिएका घडी खोस्नेछन् र हतकडी लगाउनेछन्। त्यो दिन धे...
रास्वपाले बैठक बहिष्कार गरेर बाहिर आएर पत्रकार सम्मेलन गरेको थियो l
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनि...