पब्लिक थप्पड नेहरुको गलामा पनि बज्रिएको ...

१९४७ मा भएको भारतको विभाजन बीसौं शताब्दीकै एउटा भयानक र ठूलो त्रासदी थियो। विभाजनको क्रममा करिब दश लाख मानिसहरूको हत्या भएको थियो। त्यस्तै करिब दुई करोड मानिसहरू आफ्नो थात थलो छोडेर बिस्थापित भएका थिए।
पाकिस्तानबाट भारत आउनु परेका हिन्दु शरणार्थी र भारत छोडेर पाकिस्तान जान लागेका मुसलमानहरूको लस्करले यी दुवै देश अस्तव्यस्त थिए। यो आकस्मिक मानव विस्थापनले लाखौं परिवारहरू छिन्नभिन्न भएका थिए। आफ्नो घरबार र आफन्त गुमाएका शरणार्थीहरूमा भयानक आक्रोश थियो। प्राय:जसो यस्तो आक्रोसको सामना नेताहरूले गर्नु पर्थ्यो।
यस्तै परिस्थितिमा भारतका प्रधानमन्त्री जवाहरलाल नेहरू हरिद्वारस्थित एउटा शरणार्थी शिविरमा निरीक्षण गर्न पुगेका थिए। त्यहाँ रहेका आक्रोशित शरणार्थीहरुलाई नेहरुले सान्तवना दिने कोसिस गर्दै थिए। त्यसबेला नेहरुले सम्झाउदै भनेका थिए– यता मात्र होइन, सिमानाको दुवै तर्फ धनजनको क्षति भएको छ।' त्यहाँ बाउआमा दुवैको हत्या गरिएको र दिदी बहिनी र छोरीहरु पाकिस्तानमा छुटेका केही युवाहरु पनि नेहरुकै आसपास उनको कुरा सुनेर बसिरहेका थिए ।
अचानक एउटा युवाले रिसको आवेसमा आएर नेहरुको गालामा दह्रो थप्पड हान्यो। भारतको प्रधानमन्त्रीको गालामा थप्पड ! सुरक्षाकर्मीले तुरुन्तै ती युवालाई नियन्त्रणमा लिए । तर नेहरुले उनीहरुलाई रोके । उल्टै ती युवाको काँधमा सहानुभूतिपूर्वक आफ्ना हात राखे । परिवारजनको हत्या र बाँचेकाहरुसँग बिछोडिनुको पीडाले विक्षिप्त जस्तै बनेका ती युवाले नेहरुलाई कराउदै भन्यो– मेरी आमालाई फिर्ता दे, मेरी बहिनीलाई मसँग ल्याई दे !'
नेहरुको आँखामा आँसु भरियो। उनले युवालाई सम्झाउँदै भने– तिम्रो आक्रोश जायज छ। तर चाहे भारत होस् या पाकिस्तान, जुन दु:खले हामी घेरिएका छौ, त्यो सबैतिर उस्तै छ। हामी दुइटैले यसलाई पार गर्नु छ।'
(नोट: नोभेम्बर १४, १८८९ मा भारतकाे प्रयागराजमा जन्मेका जवहारलाल नेहरु स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री हुन् ।)
akabarey.comले यो समाग्री केदार सिटौलाद्वारा प्रस्तुत दायित्ववोधमा उल्लेख छ l सामग्रीको लागि दायित्वबोधलाई धन्यवाद व्यक्त गर्दछौं l ( सम्पादक akabarey.com )
म मारिएछु भने पनि जनताले यिनीहरूका हातबाट तस्करले दिएका घडी खोस्नेछन् र हतकडी लगाउनेछन्। त्यो दिन धे...
रास्वपाले बैठक बहिष्कार गरेर बाहिर आएर पत्रकार सम्मेलन गरेको थियो l
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनि...