उड्दा उड्दैको तारा एयरको जहाजबाट इमरजेन्सी ढोकाको सिसा खसेपछि ...

काठमाडौँ,मङ्सिर, २४
काठमाडौँ बाट लुक्लातर्फ उडेको तारा एयरको कार्गो जहाजको इमर्जेन्सी ढोका खसेको छ । आइतबार काठमाडौँबाट लुक्लातर्फ गएको कार्गो जहाजको इमर्जेन्सी ढोका खसेको नेपाल नागरिक प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलले जानकारी दिएका छन् l
उनका अनुसार तारा एयरको फ्लाइट नम्बर ११७ र रजिस्ट्रेसन नम्बर ९ एनएलओ जहाज काठमाडौँबाट लुक्लातर्फ साढे ९ मा उडेको थियो । लुक्लामा १० बजे अवतरण गरेको थियो ।
जहाज अवतरण गरे पश्चात् चालकदलले आपतकालीन ढोका नरहेको थाहा पाएको भूलले बताए ।
'सो घटनामा सम्बन्ध वायुयान तथा चालक दललाई तत्काल ग्राउन्डेड गरिएको तथा घटना के कसरी सो सम्बन्धमा प्राधिकरणले गर्ने अनुसन्धान पश्चात् मात्र थाहा हुन्छ,' उनले भने ।
भूलले यो घटनामा वायुयान, वायुसेवाका कर्मचारी तर्फबाट गम्भीर लापरबाही भएको हुन सक्ने भन्दै अनुसन्धान पश्चात् संलग्न कर्मचारीहरूलाई प्राधिकरणले कडा कारबाही गरिने बताए ।
जब शिवकलाले किन्ने भइन्, तब तनाव सिर्जना भयो । ‘तल्लो जातकालाई खेत बेच्न दिँदैनौं,’ उनका दाजुभाइले भ...
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आयोगले दलितको हक अधिकार प्रवर्द्धन गर्न काम गरिरहे...
अबको प्राथमिकता भनेको प्राकृतिक स्रोतको संरक्षण, पर्यटनको दिगो विकास हुनुपर्छ ।