कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’पुन प्रकाशनको लोकार्पण
काठमाडौँ, मङ्सिर, २४
नेपाली कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’ पुनः प्रकाशित भएको छ । आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल पुकार त्रैमासिकको पहिलो अङ्क लोकार्पण गरेका हुन् ।
१३२ पृष्ठको रहेको उक्त विशेषाङ्क भाद्र महिनामा सम्पन्न बीपी साहित्य महोत्सव विषेश रहेको छ । २००४ मा कांग्रेस स्थापना हुनुभन्दा पहिलेदेखि छापिँदै आएको ‘नेपाल पुकार’ विसं २०५४ देखि बन्द भएको थियो ।
आगामी दिनमा उक्त पत्रिकालाई विचार प्रदान पत्रिकाका रुपमा प्रकाशन गरिने कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले बताए ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्याएको 'नेपाल पुकार' पुराना कांग्रेसीहरूको मुखमा झुण्डिएको नाम थियो l
अन्य भाइटल पोष्टहरूमा पनि आकांशीहरूको लामो लर्को रहेको देखिन्छ ।
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l