श्री निवास सहित दुर्गा प्रसाईका कार्यकर्ता विरुद्ध मुद्दा
काठमाडौं, मङ्सिर,१२
राजतन्त्र पुनर्स्थापनाको अभियानमा लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आन्दोलनमा पक्राउ परेका ८ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ। सोमबार पक्राउ परेका १८ जनामध्ये ८ जनाविरुद्ध मुद्दा चलाइएको हो।
८ जनामध्ये ५ जनालाई सार्वजनिक शान्ति विरुद्धको कसुर र ३ जनालाई अभद्र व्यवहारको मुद्दा चलाइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका श्रीनिवास आचार्य, सुजन खड्का, मेहरमान बस्नेत, दिपेश खड्का र अनिल गुरुविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुर र मनोज थापा, बिनन्जय थापा र निकेश बास्तोला विरुद्ध अभद्र व्यवहारको मुद्दा चलाइएको हो।
राजतन्त्र पुनर्स्थापनाको माग राखेर गत ७ गते देखि दुर्गा प्रसाईं विभिन्न स्थानमा आन्दोलन गर्दै आएका छन्।
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l
पार्टीको आज जारी केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परिया...