मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि दुर्व्यवहार
काठमाडौं, असोज, २२
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालोमोसो दलिएको छ । सोमबार काठमाडौंस्थित एलोप्यागोडा होटलमा केही युवाले प्रसाईंमाथि कालोमोसो दलेका हुन् ।
बैंकको ऋण नतिर्ने, बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने र राजतन्त्रको वकालत गरेको भन्दै गणतन्त्रवादी युवा दस्ताले प्रसाईंलाई कालोमोसो दलेको कुरा बाहिर आएको छ l दरबारमार्ग प्रहरीका अनुसार अहिले भर्खरै प्रहरी त्यसतर्फ पुगेको छ । हालसम्म कसैलाई पनि नियन्त्रणमा नलिएको र कालोमोसो दल्ने समूहको खोजी भइरहेको प्रहरीले बताएको छ ।
सोमबार उक्त होटलमा प्रसाईंले पत्रकार सम्मेलनको आयोजना गरेका थिए । त्यहाँ जाने क्रममा उनीमाथि कालोमोसो दलिएको हो । कालोमोसो दलिएपछि प्रसाईं सर्ट खोलेर भित्रिवस्त्रमा अनुहार छोप्दै होटलभित्र प्रवेश गरेका थिए । सार्वजनिक एक भिडियोमा उनीमाथि कालोमोसो दलिएको देखिएको छ भने शरीरको कपडा पनि च्यातिएको देखिएको छ ।
प्रसाईँ केही समययता बैंक, लघुवित्त र सहकारीको चर्को व्याज नियन्त्रण, ऋण मिनाहालगायतको माग राखेर अभियानमा छन् । संघीयता खारेजी, हिन्दू राष्ट्र कायम, राजतन्त्र पुनर्वहाली पनि उनको एजेण्डा छ ।
रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले अहिले विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारको नाम ‘इ...
लमा बसेर बीपीले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘मोदीआइन’, ‘बाबु, आमा र छोरा’, ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘ह...
भविष्यमा समग्र राज्य प्रशासन धार्मिक समुदायप्रति थप संवेदनशील र जिम्मेवार बन्नुपर्ने माग समेत पार्टी...