रिगल ढकाललाई दिएको माफीप्रति गगन थापाको असन्तुष्टि, भन्छन् : वैधानिकता र वैधता फरक कुरा हो
काठमाडौं, असोज, १८
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले हालै दिएको कैद माफीको विषयमा चर्को असन्तुष्टि जनाएका छन्। बिहीबारको प्रतिनिधि सभा बैठकमा उनले फागुन ७, असोज ३ र जेठ १५ जस्ता जस्ता पवित्र दिनलाई अपवित्र बनाउने काम बन्द गराउन चाहेको बताए।
‘सभामुखलाई पनि अनुरोध गर्न चाहन्छु, हामीले बनाएको कानुनको अपव्याख्या भएकाले, दुरुपयोग भएकाले, बदनियत राखिएकाले गर्दा हामीले नै सच्याउनुपर्ने भएकाले सरकारलाई निर्देशन होस्, यहाँ (सदनमा) ल्याइयोस्, हामी त्यसलाई सच्याउँछौँ,’ उनले भने, ‘फागुन ७, असोज ३ र जेठ १५ जस्ता हाम्रा पवित्र दिनहरूमा अपवित्र काम गर्ने बदनियत राख्ने कुरालाई सधैंका लागि बन्द गर्न चाहन्छौँ।’
सरकारले आफ्नो सुविधा अनुसार फरकफरक आधार टेकेर कैद माफी गर्ने गरेको भन्दै थापाले एउटै निश्चित प्रबन्ध गर्नुपर्ने आवश्यकत औँल्याएका थिए। उनले सरकारलाई यस विषयलाई सदनमा ल्याउन आग्रह पनि गरे। भने, ‘म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु, सामान्य विषय सोचेर पन्छाउने काम नहोस्।’
थापाले संविधान दिवसको दिन ६७० जनालाई माफी मिनाहा गरिएको प्रसंग जोड्दै त्यस सन्दर्भमा भइरहेको विरोध स्वाभाविक भएको बताए। ‘६७० मध्ये कति संविधानसम्मत, कानुनसम्मत पनि छ होला। तर फेरि एकपटक संविधानको मर्म विपरीत र कानुनको छिद्रबाट बदनियतका साथ छिरेर गम्भीर अपराधको दोषी ठहर गरिएकालाई कैद माफी मिनाहा गरिएको छ। बदनियताका साथ भएको निर्णय गलत छ। यसको विरोध स्वाभाविक छ। बाञ्छनीय छ। यसको विरोध हुन्छ। हामी विरोध गर्दछौँ,’ उनले भने।
खासगरी नेपालगञ्जका चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योगराज ढकाललाई सरकारको सिफारिसमा राष्ट्रपतिले संविधान दिवसका दिन कैद माफी दिएपछि विरोध भइरहेको छ। चेतनको २८ असार २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा खुँडा प्रहार गरी हत्या भएको थियो। चेतनको हत्या अभियोगमा बाँके जिल्ला अदालतले रिगललाई दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो।
कानुनको अपव्याख्या र स्वेच्छाचारी निर्णय गर्ने नियत र पैसाको चलखेल, दण्डहिनताको प्रश्रय, शक्ति र सत्ताको दुरुपयोग, दलहरूको बदनियत बारेमा गगनले आलोचना गरेका छन् l संविधान र कानुनमा अनेक छिद्र राखेर त्यहीं टेक्दै र कतिपय अदालतका धोरो अर्थ लाग्ने फैसला, एकै विषयमा पनि फरक फरक बुँदामा गरिएको फरक फरक अर्थ लाग्ने प्रवन्ध आदिको कारण शक्तिको दुरुपयोग गर्ने चलन बसेको र पटक पटक सरकार र पार्टीहरू चुकेको गगनको आरोप र स्वीकारोक्ति थियो l बहुमत प्राप्त सरकारसँग बैधानिकता हुन्छ तर हामीले वैधानिकता होइन, वैधतालाई ध्यान दिनुपर्छ l वैधता लोकप्रिय समर्थन हो l विश्वसनीयता जनताको अभिमतमा हुन्छ l यो पटक पनि सरकार वैधता लिन चुकेको छ l गगनले संसदमा भनेका थिए l
हत्या अभियोगमा जन्मकैदको सजाय पाएका रिगल सत्तारुढ दल नेपाली कांग्रेसनिकट तरुण दलका नेता हुन्। उनको रिहाइमा तरुणदलका नेताकार्यकर्ताले खुशियाली मनाएर तरुण दल र नेपाली कांग्रेसको झण्डा ओढाएर उनको स्वागत गरेका थिए l
अन्य भाइटल पोष्टहरूमा पनि आकांशीहरूको लामो लर्को रहेको देखिन्छ ।
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l