बन्द भयो रुटिन 'अफ नेपाल बन्द '

तन्नेरी पुस्तामाझ लोकप्रिय छवि बनाएको र बालेन काठमाडौँ मेयरमा जित पश्चात आम मान्छेले जिज्ञासापूर्वक नियाल्दै आएको र सामाजिक सन्जाल पनि यति शक्तिशाली हुने रहेछ भन्ने उदाहरण बनेको ‘रुटिन अफ नेपाल बन्द’ बन्द भएको छ।
‘रुटिन अफ नेपाल बन्द’ पेजका एड्मिन भिक्टर पौडेलले ‘बोल्ड डिसिजन’ लिएको भन्दै पेजलाई बन्द भएको घोषणा गरेका हुन्।
उक्त पेज ‘अनपब्लिस’ गरेको भन्दै भिक्टरले अनपब्लिस गरेको स्क्रिनसट पनि पोस्ट गरेका छन् l
उनले लेखेका छन् : ‘अब अट्याक गर्नु पर्दैन …’ स्वार्थले खोलेको थिएन तै भएर बाल छैन’ उनले फेसबुकमा लेखेका छन्, ‘बाकि कुरा पछि गरौँला।’ उनले अब आफू स्वतन्त्र भएकोसमेत उल्लेख गरेका छन्।
शनिबार काठमाडौँ महानगरका मेयर बालेन्द्र साहले फेसबुकमा सिंहदरवारमा आगो लगाइदिने धम्की दिएका थिए। यो विषयमा समाजिक सञ्जालमा चर्को आलोचना भयो। उक्त आलोचनालाई मत्थर गर्न रुटिन अफ नेपाल बन्दले काठमाडौँ महानगरका मेयर बालेन्द्र दम्पतीले भर्खरै सन्तान प्राप्ति गरेकोझै प्रतीत हुने गरी आइतबार बधाई दिएको थियो।
जब नौ दिनअघि नै बालेन दम्पत्तीलाई सन्तान प्राप्ति भएको कुरा मिडियामा सार्वजनिक भयो। यसपछि बालेनको आलोचनालाई मत्थर गर्नका लागि पेज प्रयोग गरेको भन्दै रुटिन अफ नेपाल बन्दको पनि चर्को आलोचना भयो। यसपछि उसले केही दिन अघि नै बालेन दम्पतीलाई सन्तान प्राप्ति भएको भनेर स्टाटस् इडिट गरेको थियो।आफ्नो विश्वसनीयतामा प्रश्न उठेको कारण यसलाई जिम्वेवारी बहन गर्दै बन्द गरिएको पनि हुन सक्ने र पछि खोल्न यो एउटा स्टन्ट पनि हुन सक्छ भनी आकलन बाहिर आएको छ l
akabarey.com परीक्षण प्रसारणमा छ l
सामाजिक सञ्जालको सदुपयोग गर्न सके सफलता प्राप्त गर्न सकिने उदाहरण प्रस्तुत गरेका छन् l
देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जार...
नागार्जुन नगरपालिका-६ स्थित डाँडागाउँमा रहेको 'ह्वाइट' गुम्बा । तस्बिर : हरिराम भेटुवाल