वर्षा रोकिएसँगै सप्तकोशी नदीको वहाव घट्दै
इनरुवा (सुनसरी), २० असोजः अविरल वर्षा राकिएसँगै सप्तकोशी नदीको वहाव घटने क्रममा छ । कोसी ब्यारेजमा आज बिहान ६ बजे गरिएको मापनअनुसार ४ लाख ३५ हजार ३०५ क्युसेकप्रति सेकेण्ड पानीको वहाव रहेको जानकारी प्राप्त भएको छ ।
गएराति पानीको वहाव पाँच लाख ३३ हजार ५४० क्युसेकप्रति सकेण्ड थियो । रातिदेखि नै वर्षाकम भएसँगै सो नदीमा पानीको वहाव घट्दो क्रममा रहेको हो ।
अहिले कोशी ब्यारेजको ५६ गेट (ढोका) खोलिएका छन् । आइतबार बिहान नदीमा पानीको वहाव उच्च भएपछि खतराको सङ्केतस्वरुप रातो बत्ती बालिएको थियो भने रातो भण्डासमेत फहराइएको थियो ।
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।
विभेद, अन्याय र अत्याचारका कुनै पनि रूप स्वीकार्य हुन सक्दैन,” भन्दै उनले अधिकारको प्रभावकारी कार्या...
परिवारका अनुसार स्व. आमाका नाममा सङ्कलित भेटी रकममा थप गरी अक्षयकोष स्थापना गर्न विद्यालयलाई नगद रकम...