माझीको भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण
रासस-मन्थली,(रामेछाप), १ साउनः रामेछापका माझी समुदायका युवाले आफ्नो समुदायको भाषा, संस्कार र संस्कृति जोगाउने अभियान सञ्चालन गरिहरेका छन् । यसका लागि युवा पुस्ताले बूढापाकासँग सिकेर भाषा र संस्कारका विषयमा अन्तरपुस्ता हस्तान्तरणका लागि विभिन्न कार्यक्रम गर्दै आएका छन् । आफ्नो भाषा र संस्कृति हराउँदै गएको भन्दै युवाहरूले माझीहरुको सामाजिक विषयवस्तुमा छलफल गर्न सामाजिक छलफल मञ्च (मजे सावा) नाम सङ्गठन बनाएर काम गरिरहेका छन् ।
सङ्गठनले जिल्लाका माझी समुदायका विभिन्न १० स्थानमा केही दिनअघि आयोजना गरेको बालबालिका तथा किशोरकिशोरीका लागि भाषा तथा संस्कृति प्रशिक्षण कार्यक्रममा बुधबार सम्पन्न भएको छ । मन्थली नगरपालिका–८ गाइखुराका बालकृष्ण माझीले भाषा र संस्कृति जोगिए मात्र माझीहरूको पहिचान जोगिने भन्दै टोलटोलमा यस्तो प्रशिक्षण कार्यक्रम गरिएको बताउनुभयो । मन्थलीस्थित गाइखुरा, जखनिटार, हाटेचउर, कुनाउरी, रुमालेचोक, हात्तीटार, सेलेघाट भटौली र खाँडादेवी गाउँपालिकाको रजगाउँ गरी माझी समुदाय रहेको विभिन्न १० स्थानमा माझी समुदायका बालबालिका र किशोरकिशोरीलाई प्रशिक्षण दिइएको उहाँले बताउनुभयो । पछिल्लो पुस्ताले भाषा, धर्म, संस्कृति, संस्कार नबिर्सिऊन् भनेर जिल्लाका ती स्थानमा कार्यक्रम सञ्चालन गरिएको मजे सावाका संयोजक श्रीबहादुर माझीले बताउनुभयो । माछा मार्नु, विभिन्न घाट तथा नदीमा डुङ्गा चलाउनु माझी समुदायको पुख्र्याैली पेसा हो ।
पछिल्लो समय नदी तथा खोलामा विषादी हालेर माछा मार्ने क्रम बढेको र अधिकांश ठाउँमा मोटरेबल तथा झोलुङ्गे पुल बनेका कारण आफ्नो पुख्र्यौली पेसा सङ्कटमा परेको यस समुदायका अगुवाहरूको भनाइ छ । भाषा र संस्कृति जोगाउने कामका लागि प्रशिक्षण गर्न आदिवासी हिमाली समाजले आर्थिक सहयोग गरेको थियो । यसरी युवाले चासो राखेमा माझी समुदायको भाषा र संस्कृति जोगाउन सहज हुने स्थानीय जङ्गवीर माझी बताउनुहुन्छ ।
सन् १९५६ मा उनी र उनका अनुयायीहरूले बौद्ध धर्मलाई अँगाले जसको केही महिनापछि नै उनको निधन भयो ।
सामाजिक कुरीति चिर्ने एक्लो प्रयासमा सफल नहुँदा लगानीसमेत डुबेर टाट पल्टेको उहाँले पीडा सुनाउनुभयो ।
प्रधानमन्त्री शुसिला कार्की लगायत सरकारका मन्त्रीहरूलाइ भेटेर तत्काल सरकारसँगकाे जेन-जी प्रतिनिधि छल...