रोशनी शाहीको भनिएको सुसाइड नोटमा लेखिएको छ : ‘छोरा, मैले तिम्रो भविष्यको लागि केही गर्न सकिनँ'
काठमाडौँ:आइतबार भक्तपुरको सुर्यविनायकमा मृत अवस्थामा फेला परेकी रोशनी शाहीले सुसाइड नोट लेखेर आत्महत्या गरेको प्रारम्भिक अनुमान छ l घटनास्थलमा भेटिएको दुई पेज लामो नोटलाई रोशनी शाहीको सुसाइड नोट भनिएको छ l यद्धपि त्यसको परीक्षण गरिने जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ l
रोशनी शाही जेठ ११ मा दिउँसो सुर्यविनायक नगरपालिका–३ स्थित आफू बस्ने फ्ल्याटमा मृत अवस्थामा फेला परेकी थिइन् । बालकोट वृहस्पति मार्गस्थित लक्ष्मीश्वर महतोको घरको पहिलो तलामा शवसँगै भेटिएको नोटमा उनले आफ्नो छोरालाई सम्बोधन गरेकी छन् । छोराको लागि केही गर्न नसकेको भन्दै उनले लेखेको भनिएको नोटमा छ : ‘जीवनदेखि हार खाएँ ।’
अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार नोटमा लेखिएको छ– ‘छोरा, मैले तिम्रो भविष्यको लागि केही गर्न सकिनँ, जीवनदेखि हार खाएँ, तिमीलाई पैसा पठाउन नसके आत्महत्या गर्छु सोचेको थिएँ ।’ उनले बाँकेको कोहलपुरमा भएको १७ कट्ठा सम्पत्तिबारे पनि उल्लेख गरेकी छन् । रोशनीका छोरा अमेरिका र छोरी पनि विदेशमा बस्छिन् ।
श्रीमान चित्रजंग शाही १५ दिनअघि विराटनगर गएका थिए । लामो समयसम्म ढोका नखुलेपछि घरधनीले चित्रजंगलाई फोन गरेर जानकारी गराए । डिप्रेसनको औषधि खाने हुनाले ढोका फोडेर हेर्न चित्रजंगले नै आग्रह गरेपछि घरधनीले प्रहरीलाई खबर गरे । परिसर भक्तपुरका डीएसपी नेउपाने भन्छन्– ‘हामीले जनप्रतिनिधिको रोहबरमा ढोका फुटाएर हेर्दा उहाँ मृत अवस्थामा हुनुहुन्थ्यो ।’
५० वर्षीया रोशनीले ओभर डोज औषधि खाएको आशङ्का गरिएको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्– ‘ओभर डोज औषध सेवन गरेको वा नगरेको परीक्षणपछि थाहा हुन्छ ।’
शवको पोस्टमार्टम र भिसेरा परीक्षण गर्न उनको शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । फ्ल्याटमा उनी घोप्टो परेर मृत अवस्थामा भेटिएकी थिइन् ।
२०७६ असोजमा संसद सचिवालयमा कार्यरत रोशनीले आफूमाथि बलात्कार प्रयास गरेको आरोप लगाएकी थिइन् ।महराले मादक पदार्थ सेवन गरेर आफू बसोबास गरिरहेको कोठामा आएर जबरजस्ती गर्न खोजेको उनको आरोप थियो । सो समय देखि शाही चर्चामा रहेकी पात्र हुन् l
अन्ततः २०७६ फागुनमा जिल्ला अदालत काठमाडौंले कृष्णबहादुर महरालाई सफाइ दिँदै रिहा गरेको थियो ।
स्मरणीय: फोटो फाइल फोटो प्रयोग गरिएको छ l
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।
विभेद, अन्याय र अत्याचारका कुनै पनि रूप स्वीकार्य हुन सक्दैन,” भन्दै उनले अधिकारको प्रभावकारी कार्या...
परिवारका अनुसार स्व. आमाका नाममा सङ्कलित भेटी रकममा थप गरी अक्षयकोष स्थापना गर्न विद्यालयलाई नगद रकम...