म्यानमारको भूकम्पग्रस्त क्षेत्र माण्डलेका घाइतेको उपचारमा डा.गोविन्द केसी संलग्न

काठमाडौँ-केही समय यता डा.गोविन्द केसी कता गए भन्ने चासो र जिज्ञासा आम मान्छेलाई थियो l उनको सार्वजनिक उपस्थिति मार्च १० मा नेपाल स्थित अमेरिकी राजदूत परिसर अघिल्तिर संयुक्त राज्य अमेरिकाको डोनाल्ड ट्रम्पको प्रशासनले हालै लिएका कदमहरूले नेपाल लगायत संसारका विभिन्न देश तथा त्यहाँका नागरिकहरूलाई जलवायु परिवर्तन, जन स्वास्थ्य, शिक्षा र जीविकोपार्जन जस्ता क्षेत्रमा पारेको नकारात्मक असर; पश्चिम एसियाको गाजा पट्टीका प्यालेस्टाइनीहरूको जातीय सफाया गर्ने खालका प्रस्तावले ल्याएको भू-राजनीतिमा अस्थिरता र अन्तर्राष्ट्रिय मानवीय कानुनको पनि खिल्ली उडाउने कार्य; तथा अनाहकमा गत तीन वर्षदेखि रुसले छेडेको युद्ध बेहोरिरहेको युक्रेनले पाइरहेको अमेरिकी सहयोग भर्खरै ट्रम्प सरकारले पूर्णरूपमा रोकेर युक्रेन लगायत अन्य छिमेकी राष्ट्रहरुको अस्तित्व थप खतरामा पारेको बारेमा अमेरिकी प्रशासन तथा त्यहाँका नागरिकहरूको ध्यानाकर्षण गराउन तथा त्यसमा पुनर्विचार गर्न आग्रह भएको देखिन्छ l त्यसयता झन्डै एक महिना अघि काठमाडौँ छोडेका केसी म्यानमार रहेको जानकारी उनको घरपरिवार सुत्रले गराएको थियो l
डा. केसीलाई इमेल मार्फत सोधोखोजी गरेपछि उनले आफ्नो म्यानमारको उपस्थिति र त्यहाँ उपचार गरेका फोटा सहित केही सामग्री उपलब्ध गराएका छन् l
डा.केसीको मेल जस्ताको त्यस्तै :
२०२५ मार्च २८ तारिख म्यानमारमा गएको ७.७ म्याग्निच्युडको प्रलयकारी भूकम्पबाट क्षतिग्रस्त शहर माण्डलेमा घाईते व्यक्तिहरूको स्वयं सेवक हाडजोर्नी विशेषज्ञ र मानविय सहयोग कर्मीको हैसियतले डा गोविन्द केसीले पुर्याएको सेवा कार्यबारे छोटो जानकारी तल उल्लेख गरे बमोजिम छ:
सो भूकम्पबाट मुख्यतया सागाइन र माण्डले प्रदेश र म्यानमारको राजधानी नेपितोमा ठूलो मात्रामा धनजनको क्षति भयो । म्यानमारको सैनिक सरकारले मृतकको संख्या करिब चार हजार भएको घोषणा गर्यो भने विभिन्न गैर सरकारी स्रोत अनुसार मृतक र पत्ता नलागेको व्यक्तिहरूको संख्या छ हजार छ । म्यानमारको लोकतान्त्रिक आवाज नामक संस्थाका अनुसार घाइतेहरूको संख्या एघार हजार जति छ। तर सामान्य र मध्यम प्रकारले घाइतेहरू जो पुन: भूकम्प जान सक्ने सम्भावना र मृत्युु हुने भयले तथाकथित सुरक्षित स्थानमा गएका लगायतका उपचारको बारेमा पहिला सूचना नपाएका बिरामीहरू अहिले उपचारार्थ अस्पताल आइरहेका छन् । तसर्थ कुल घाइतेहरूको संख्या सार्वजनिक गरिएको भन्दा निकै बेसी हुनुपर्छ । विश्वभरि नै प्राकृतिक विपत्तिको बेला दुर्भाग्यवश यस्तो हुने गरेको पाइन्छ ।
सवैभन्दा क्षतिग्रस्त शहर मध्ये एक शहर माण्डले म्यानमारको दोस्रो ठूलो शहर हो । डा केसीले सेवा दिएको अस्पताल - माण्डले अर्थोपेडिक (हाडजोर्नी ) अस्पताल र माण्डले जनरल अस्पताल, माण्डले, म्यानमार।
सेवा दिएको अवधि १६ दिन ।
सेवाका प्रकृति र प्रकार:
शल्यक्रिया तथा अन्य प्रकारका उपचार प्रक्रिया
वार्ड राउन्ड तथा ओपिडी तथा जरूरी सेवा
स्नातकोत्तर तथा स्नातक तहका मेडिकल विद्यार्थीहरूलाई प्रशिक्षण इत्यादि ।
सन् २००८ मा म्यानमारमा गएको समुद्री आँधी बेरी Cyclone Nargis ले धनजनको ठूलो क्षति पुर्याएको बेला सेवाका लागि गएको डा केसीको म्यानमारको प्रथम भ्रमण थियो । उहाँ व्यक्तिगत तवरमा स्वयंसेवा गर्ने भएको लगायत थप अन्य कारणले पनि होला उहाँको सेवाको आवश्यकताका बाबजुद आधिकारिक रूपमा अनुमति पाउनु यसपालि पनि ठुलो चुनौतीको विषय बन्यो । पहिलोपटक जस्तै यसपालि पनि नेपाली राजदुत ज्यूहरूको र प्रभावशाली वर्मेली चिकित्सकहरूको अथक प्रयासका बावजुद आधिकारिक अनुमति प्राप्त विना नै घाइते विरामीहरूलाई आवश्यक उपचार सेवा गर्नुपर्ने अवस्था आयो ।
दोस्रो चुनौती घाइते विरामीसँग संवाद -
टिमका अन्य वर्मेली हाडजोर्नी विशेषज्ञ र मेडिकल विद्यार्थीहरूले अनुवादकको रूपमा पनि सहयोग गरेको हुनाले उपचार सेवा सहज हुन सक्यो। विगतका सेवा अभियानहरू जस्तै यसपालिको अभियान पनि आफ्नै खर्चमा संचालन गर्नुभएको हो ।
भूकम्प र सेवासँग सम्बन्धित केही तस्वीरहरू यसै मेलसाथ संलग्न गरिएको छ।
प्रा.डा.गोविन्द केसी
माण्डले, म्यानमार।
प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा २०७५ सालमा सबै स्थानीय तहमा १५ शैयाको आधारभूत अस्पताल निर्माण...
भारत, बङ्गलादेश, भुटानलगायत देशका नागरिक आँखा उपचारका लागि नेपाल आउने गरेका छन् ।
स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको छ l अहिलेसम्म पारसलाई चौथो पटक हृदयघात भएको हो ।