मैले सुन व्यापारीसँग होइन फलफूल व्यापारीसँग कुरा गरेको हुँ - कृष्णबहादुर महरा

दाङ - नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले आफूलाई राजनीतिक रुपमा सिद्धाउने गरी सुन तस्करी प्रकरणमा मुछिएको बताएका छन्।
उनले मंगलबार दाङमा केही पत्रकारहरुसँगको कुराकानीका क्रममा महराले केही मिडियाहरुमा आएको समाचारमा राजनीतिक पूर्वाग्रह रहेको पनि बताएका छन्।
‘यो प्रकरणमा केही मिडियामा समाचार आएका छन्। मैले वक्तव्य दिइसकेको छु। मेरो र छोरा दुवैको विज्ञप्ति आयो। हिजो गृहमन्त्रीको पनि धारणा आएको छ। गृहमन्त्रीको भनाइ आइसकेपछि धेरै हल्ला गर्न आवश्यक ठानिनँ’, उनले भने, ‘सुन प्रकरणसँग सम्बन्धित घटना के हो भन्दा एकजना वाङ भन्ने चिनियाँ मान्छे १०/१५ वर्षयता नेपालमै बस्छन्। उनी नेपाली पनि बोल्छन्। उनीसँग मेरो चिनजान भएको १२ वर्षजति भयो। उनी यहाँ दाङ र रोल्पा पनि आएका छन्। उनी सुन होइन, फलफूल व्यापारी हुन्।’
ई-सिगरेटमार्फत ल्याइएको भनिएको ९ केजी सुन तस्करीका प्रमुख योजनाकार भनिएका चिनियाँ नागरिक वाङसँग आफूले टेलिफोन संवाद पनि नगरेको उनले बताएका छन्।
‘यो सुन प्रकरणसँग सम्बन्धित घटना भनेको, एकजना वाङ भन्ने मान्छे चाइनिज हुन्। उनीसँगचिनजान भएको पनि त्यति नै भएको छ’, उनले भने, ‘मसँग टेलिफोन वार्ता पनि भएको होइन। मसँग भेटेर उनका एकजना साथीले सुनको ‘स’ पनि उच्चारण नगरी भेप (इलेक्ट्रिक सिगरेट) को सामान आएको छ भन्सारमा भनेका थिए।’
उनले केही इलिगल सामान होला पनि भनेर सोधेको बताए। ‘त्यसपछि मैले भन्सारका साथीहरूसँग कुराकानी गरेर लिगल छ भने कानुन अनुसार काम गर्नुहोला भनेको थिएँ। लिगल भए छाडिदिनु, इलिगल भए लिलामी गर्नु भनेको हो।’
उनले आफू जेल परेका बेला जेलमै भएका एकजना साथीसँग कुरा भइरहने पनि बताए।
‘यसैलाई आधार बनाएर बाहिर समाचारहरु आएका छन्। मैले वक्तव्यमा अलिक राजनीति भयो कि भनेको छु। मैले उल्लेख गरेको निशाना कुनै शक्तिप्रति लक्षित होइन’, उनले भने, ‘सुन प्रकरणमा सत्ता पक्षका मान्छेहरू संलग्न छन् भने आशंका गरिएको थियो। मसँग सुन प्रकरण जोडेर राजनीति भएको ठानेको छु,मेरो श्रीमतीलाई ती मान्छे आमा भनेर सम्बोधन गर्थे l उनको मृत्युमा दुई कार्टुन फलफूल लिएर भेट्न आएका थिए l'
म मारिएछु भने पनि जनताले यिनीहरूका हातबाट तस्करले दिएका घडी खोस्नेछन् र हतकडी लगाउनेछन्। त्यो दिन धे...
रास्वपाले बैठक बहिष्कार गरेर बाहिर आएर पत्रकार सम्मेलन गरेको थियो l
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनि...