६.१ म्याग्निच्युडको भूकम्प,केन्द्रविन्दु सिन्धुपाल्चोक
काठमाडौँ, फाल्गुन,१६-शुक्रबार बिहान २.५१ को समयमा काठमाडौँसहित देशभरका विभिन्न स्थानमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ l
भूकम्पको कडा धक्का महसुस भएसँगै सर्वसाधारण त्रसित बनेर काठमाडौँको सडकमा समेत निस्किएका थिए।
भूकम्प राष्ट्रिय मापन केन्द्रले ६.१ म्याग्निच्युडको भूकम्प गएको र भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास रहेको बताएको छ l
अनुमानित भूकम्पको धक्का भनेर ५.१ को म्यासेज हरेक मोबाइलमा प्राप्त भए पनि सो अनुमान भन्दा ठुलो ६.१ रहेको छ l
नेपालका अधिकांशभागमा भूकम्पको धक्का महसुस गरिएको र नेपाल बाहिर दार्जिलिङ र सिक्किममासमेत शक्तिशाली धक्का महसुस गरिएका खबरहरू प्राप्त भएका छन् l यद्दपि भूकम्पबाट देशभर के कति क्षति भयो ? क्षतिको विवरण अहिलेसम्म प्राप्त भइसकेको छैन ।
नेपालमा भूकम्पको जोखिम कायम रहेको भूकम्पविद् हरूले बताउँदै आएका छन् l
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।
विभेद, अन्याय र अत्याचारका कुनै पनि रूप स्वीकार्य हुन सक्दैन,” भन्दै उनले अधिकारको प्रभावकारी कार्या...
परिवारका अनुसार स्व. आमाका नाममा सङ्कलित भेटी रकममा थप गरी अक्षयकोष स्थापना गर्न विद्यालयलाई नगद रकम...