दक्षिण एसियामै हामी निर्वाध अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्नेमा पर्छौं-प्रदीप ज्ञवाली 'शीतविन्दु'

काठमाडौँ-तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६१ माघ १९ गते नागरिकका हक अधिकार कुण्ठित गरेको दिन नागार्जुन वाङ्मय प्रतिष्ठानले 'नागार्जुन सुप्रभात काव्यगोष्ठी' आयोजना गरेर बिम्बात्मक प्रतिवाद गर्यो l
इजिवे सहकारी संस्थाको कार्यालयको हल बागबजारम स्रष्टाहरूले कविता वाचन गर्दै निरङ्कुशसत्ताको विरोधमा नागार्जुन वाङ्मय प्रतिष्ठानले सडक कविता अभियानको रूपमा थालनी गरेको 'शुभप्रभात काव्यगोष्ठी’ लाई आजपर्यन्त फरकरूपमा निरन्तरता दिएका छन् l
नेकपा (एमाले) का कार्यववहक महासचिव, पूर्वमन्त्री तथा साहित्यकार प्रदीपकुमार ज्ञवाली 'शीतविन्दु'को प्रमुख आतिथ्यमा वरिष्ठ प्रगतिवादी कवि राम विनयको विशेष कविता वाचन र अन्य कविहरूको कविता,गजल गीत र हाइकू वाचनसहित काव्यगोष्ठी सम्पन्न भएको छ l नागार्जुन प्रतिष्ठानका अध्यक्ष दिल पौडेलको अध्यक्षतामा भएको रचना वाचन र समालोचना कार्यक्रमलाई महासचिव युवराज नास्तिकले संचालन गरेका थिए l
राम विनयद्वारा वाचित कवितामाथि डा.हरिप्रसाद सिलवाल र अन्य ३१ स्रष्टाद्वारा वाचित सिर्जनामाथि डा. विनोद मन्जनले समालोचना प्रस्तुत गरेका थिए l
उक्त कार्यक्रममा प्रमुख अतिथि प्रदीप ज्ञवालीले नागार्जुन वाङ्मय प्रतिष्ठानले सिर्जनालाई अविरल बग्न दिन गरेको प्रयासको सर्हाना गर्दै सिर्जनाको लागि अभिव्यक्ति स्वतन्त्रता महत्त्वपूर्ण रहेको हुँदा हामी दक्षिण एसियामा अभिव्यक्ति स्वतन्त्रता निर्वाध उपभोग गर्न पाउने मुलुकमा एक नम्बरमा छौं l’साहित्यकारहरूलाई विश्वका धेरै मुलुकहरूमा छिमेकी भारत सहित म्यानमार, बङ्गलादेश, सुडान र कङ्गो तिर धेरै असहज स्थिति छ l नेपाली स्रष्टाहरूको अभिव्यक्ति स्वतन्त्रता कहिल्यै र कुनै पनि हालतमा कुण्ठित हुन नदिने प्रतिवद्धता' जाहेर गरे l
कार्यक्रममा ज्ञवालीले आफ्नो चर्चित कविता ‘बिना अनुहारको रात’ पनि यसको सिर्जना गर्भको स्मरण गर्दै वाचन गरेका थिए l 'राजनीतिक व्यस्तताले आफ्नो सिर्जन र साहित्यिक प्रदीप ज्ञवाली छायाँमा परेको अनुभव पनि सुनाएका थिए l उनले आजको साहित्यको चुनौतिको रूपमा बजार,प्रविधि र साधनाको कमी रहेको तथ्य पनि स्मरण गरे/ गराए \ l आफूलाई मन परेको साहित्यकार जस्तो भए पनि टुप्पामा पुर्याएर प्रसंशा गरिदिने र आफूलाई मन नपरेको साहित्यकारको रचना वेवास्ता गरिदिने दुवै प्रवृत्तिले स्रष्टामाथि अन्याय हुने' तर्क गरे l साहित्य र रचना समाज परिवर्तनका लागि र समाजका विकृति र विसंगतिमा प्रहार गर्दै,समाजमा आशावादीता जगाउनको लागि हुनुपर्छ l हामी बाँच्ने साहित्यको दीर्घजीवन शास्वत र मानवीय सौन्दर्यसँग हो l मानव जाति बाँची रहेसम्म साहित्य बाँचिरहन्छ l' ज्ञवालीको कथन थियो l
कार्यक्रममा समालोचक डा. हरिप्रसाद सिलवालले राम विनयका ६ वटा कविताको समीक्षा प्रस्तुत गर्दै भने:राम विनयका कवितामा क्रान्तिकारी दम पाइन्छ l कविता विचार र युगबोधका दृष्टिले, विश्वदृष्टिका रूपमा प्रगतिवादी र द्वन्द्वात्मक भौतिकवादी छन् कविता जटिल छैनन् l सरल र वोधगम्य कविता नै प्रगतिवादी कविताका विशेषताहरू हुन् l
कविताले चेतना दिनु पर्छ l सुतेका मान्छेलाई बिउझाउनु पर्छ बिम्झेका मान्छेलाई हिडाउनु पर्छ र कता जाऊ कता जाऊ भएका मान्छेलाई दिशाबोध गर्न सक्ने हुनुपर्छ l
उहाँ ८० वर्षको युवा हुनुहुन्छ कविता पनि त्यस्तै छन् l प्रगतिशील र जागरणमुखी कविको रूपमा उहाँ स्थापित हुनुहुन्छ l समालोचनाका दृष्टिले, कला र संरचनाका दृष्टिले खार्नु र माझ्नु पर्ने कुरा छन्, यद्दपि आज त्यसको चर्चा गर्नु सान्दर्भिक छैन भन्दै जीवनका कति अर्थपूर्ण बिम्ब राखेर जीवन चेतनाका कविता रच्नु भएको छ ‘म आएको छु ‘ कवितामा भनेर कविताको बिम्ब प्रयोगको चर्चा गरे l ‘हिरा थारु’को बिम्बमा सहासपूर्ण जीवन बाँच्न आग्रह गर्नु भएको छ l जहाँ उन्मुक्तिको स्वर छ l ‘जरा नभएको’ कवितामा आधार र अस्तित्वको कुरा राख्नु भएको छ l जरा नभएको जुनसुकै कुरा अस्तित्वहीन हुन्छ l आजको समाजलाई व्यङ्ग गर्नु भएको छ l आफ्नो विज्ञापन कम तर निरन्तर लाग्ने काम गर्ने व्यक्तिको रूपमा उहाँले चिनाउनु भएको छ l ‘झुर्मे दर्जीको अर्जी’ दलित चेतनाको स्वर र दमनका विरुद्ध उठ्न आव्हान गर्नु भएको छ l राम विनयका कविताले मस्तिष्क झनझनाउने सामर्थ्य राख्दछ l जुम्ला कवितामा गरिबी, अभाव र पीडा र दुखको कथा कविता मार्फत भन्नु भएको छ l' विनयका कवितामाथि समालोचना राख्दै डा, सिलवालले भनेका थिए l
समालोचक विनोद मन्जनले कार्यक्रममा वाचन गरिएका ३१ रचनाको शल्यक्रिया गरेका थिए l साहित्य र साहित्यकारका बहुआयाम र दर्शनबाट आफ्नो समालोचना प्रस्तुत गरेका मन्जनाले रचनाकारको रचनाको टिप्पणी गरेका मन्जनाले रचनाको स्तर, रचनाको कला विचार र सम्प्रेषणका विषयमा दरो र खरो समालोचना गरेका थिए l पुरस्कार सम्मान र प्रशंसाले मात्र स्रष्टा चर्चित हुँदैनन् भन्दै शाश्वत र युगजनीन सिर्जनामा स्रष्टाले चर्चा पाएको उल्लेख गर्दै नोवेल पुरस्कार प्राप्त नगर्ने व्यक्ति पनि चर्चा महत्व पाएका छन् भन्दै लुसुन, म्याक्सिम गोर्की र गान्धीको बारे चर्चा गरे l दर्शन प्रश्न र जिज्ञासाबाट मात्र उत्पन्न हुन्छ भन्ने कुरा आंशिक सत्य मात्र रहेको हुँदा दर्शन ज्ञान निर्माणको तहको शृङ्खला पछ्याउदा दर्शन ( विचार)को जन्म हुने रहेछ l मन्जनले दर्शन उत्पत्तिको नयाँ तथ्य आफूले थाहा पाएको विचार व्यक्त गरे l प्रकृयागत गतिशीलता र त्यसको निरन्तरताबाट प्राप्त गर्ने विजय नै मूल कुरा हो l विनोदको विचार थियो l मान्छे आफैले आफैलाई सर्वश्रेष्ठ भएको स्वघोषणा गरेको हो l मान्छे विवेकद्वारा संचालित हुन्छ l विचलन नै कविता हो l साहित्यमा विचार मात्र भएर हुँदैन, कला,अनुभूति, कवित्व र सम्प्रेषणीय हुनु पर्छ l विनोदले कविता बारे प्रकाश पारे l मातृभूमि र पितृभूमिको अवधारणा विभेदकारी भएको हुँदा सांख्य दर्शनको महत्वपूर्ण कुरा जन्मभूमि (होमल्याण्ड) भन्ने अवधारणा लिएर अब अगाडि जानुपर्ने राय मंजनको थियो l समालोचक मन्जनले रचनाकारको रचनाको मात्र निर्मम समालोचना गरेनन् उनले श्रोता र पत्रकारको समेत प्रवृत्ति र विशेषतामाथि तिखो कटाक्ष गरेका थिए l उनी आफ्नै पनि कमजोरी खुल्लमखुल्ला स्वीकार गर्ने समालोचक र साहित्यकार हुन् l सहिद मर्दैन भन्दै सहिदलाई मौन धारण हैन सलाम गरेर कार्यक्रम गर्नु पर्ने' विचार समेत मन्जनले राखेका थिए l
स्रष्टाहरू अनुराधा थापा,लक्ष्मणदेव पाण्डे,लोकेन्द्र नमुना शर्मा,नन्दु उप्रेती,तारानिधि पोखरेल,गङ्गा खतिवडा, देवी पराजुली,शिवहरि पाण्डे, अनिता लामा,बलराम विष्ट,माधव घिमिरे,जगत वशिष्ट,इन्दिरा निरौला, गङ्गाप्रसाद भेटवाल,कृष्ण भारद्वाज, जयराम विडारी, नवीन पल्लभ, रुवि सत्याल, चन्द्रकला चौलागाईं, भावकेशर बराल ,दिनेश खरेल, सुदिप पाण्डे,यसोदा गिरी, विमला ढकाल’ समीक्षा’दिल बिनोद खडका,मिसन अधिकारी. कुन्जराज थापा युवराज नास्तिक,दिल पौडेलले आआफ्नो रचना वाचन गरेका थिए l
सभापतिको आसनबाट दिल पौडेलले उपस्थित सबैमा स्वागत गर्दै स्रस्टाहरूको सम्मान र संस्थाले गर्ने कार्यक्रमहरू बारे जानकारी दिंदै स्रष्टालाई उसको जीवनकालमा नै सम्मान गर्ने परिपाटी बसाएको स्मरण गर्दै गोष्ठी समापनको घोषणा गरेका थिए l
आर्थिक वर्ष २०८१÷८२ को प्रगति समीक्षा कार्यक्रममा उत्कृष्ट ती स्थानीय तहलाई सम्मान गरिएको हो ।
पालिकाले वातावरण तथा पूर्वाधार, तालिम उपलब्ध, कलासंस्कृति संरक्षणलगायत क्षेत्रमा समुदायलाई आवश्यक सह...
शरीरमा १६ ओटा टाँका अनि २ वर्षको छोरी र श्रीमतीलाई लिएर राती ९ बजे रामेछाप बाट काठमाण्डौ आउन बाध्य प...