राष्ट्रपति पौडेल, सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना बिच भेटघाट
राष्ट्रपति रामचन्द्र पौडेलले सत्ता र प्रतिपक्षलगायत संसद्मा रहेका सबै दलहरूलाई विश्वासमा लिएर संसद खुलाउनका लागि आवश्यक पहल गर्न पनि सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष तिमिल्सेनाको ध्यानाकर्षण गराएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने बताएका छन् । संसदको जारी गतिरोधबारे सभामुख र राष्ट्रियसभा अध्यक्षसँग शुक्रबार शीतलनिवासमा छलफल गर्दै राष्ट्रपतिले दलहरूलाई विश्वासमा लिएर संसद खुलाउनका लागि आवश्यक पहल गर्न आग्रह गरे । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले छलफलका क्रममा संसद्को गतिरोधप्रति राष्ट्रपतिले चासो राखेको बताए । ‘राष्ट्रपतिज्यूले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र कानून निर्माणमासमेत बाधा पुग्ने भन्दै गतिरोध हटाउन भइरहेको पहलबारे जिज्ञासा राख्नुभयो’, पोखरेलले भने ।
गत साउन १० गतेदेखि प्रतिनिधिसभा बैठकमा एमालेले सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन आयोग बनाउन माग राखेर अवरोध गर्दै आइरहेको छ । छलफलका क्रममा घिमिरे र तिमल्सिनाले सदन खुलाउन निरन्तर पहल भइरहेकाले छिट्टै निकास निस्कने विश्वास व्यक्त गरेका थिए । संसद अवरोधले राष्ट्रपति चिन्तित रहेको र सोही चिन्ता सम्बन्धित सरोकारवाला मुलीसँग जाहेर गर्न राष्ट्रपतिले सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष तिमिल्सेनासँग भेट गरका हुन् l
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।
विभेद, अन्याय र अत्याचारका कुनै पनि रूप स्वीकार्य हुन सक्दैन,” भन्दै उनले अधिकारको प्रभावकारी कार्या...