कास्ट वाच नेटवर्कका संयोजक डा.मित्र परियारसँग प्रचण्डले भने 'सरी'

काठमाडौँ,पौष ३ -कास्ट वाच नेटवर्कको प्रतिनिधि मण्डलले आज पूर्व प्रधानमन्त्री,माओवादी केन्द्रका अध्यक्ष तथा संसदका प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गरायो l
गत कार्तिक २८ गते सार्वजनिक कार्यक्रममा प्रचण्डद्वारा अभिव्यक्त शब्द 'कुजात' र सङ्गत नै गर्न नहुने जात र यिनको संसर्गले आफू 'मैलाधैला' भएको भन्ने भनाइमा नेपाली समाजको सामाजिक सन्दर्भमा प्रयोग गरिने शब्द 'कुजात'को प्रयोगले दलित समुदाको अपमान गर्ने भाष्य बोलेको र आत्म सम्मानमा चोट पुर्याएको देखिन्छ l
प्रचण्डको उक्त शब्द प्रयोगप्रति दलित चेतनाको दृष्टिले गम्भीर आपत्तिको विषय र जातीय सुप्रिमेसीलाई नै बढवा दिने भनेर व्यापक आलोचनासमेत भएको थियो l सोही विषयमा डा. मित्र परियारले आर्टिकल नै लेखेर त्यसको विरोध गरेका थिए l सोही विषय र सन्दर्भमा कास्ट वाच नेटवर्कले प्रचण्डलाई प्रत्यक्ष भेटेर विरोध गर्ने निर्णय गरे बमोजिम आज प्रचण्ड निवासमा भेट भएको हो l
'आफू दलित समुदायको पक्षमा रहेको र आफूले उक्त समुदायलाई आघात पर्ने गरी बोलेको होइन l तथापि 'कुजात'शब्द र वाक्यले दलित समुदायको आत्मसम्मानमा चोट पुगेकोमा म दुख व्यक्त गर्दछु l माफी चाहन्छु l मेरो उदेश्य दलित समुदायको आत्मसम्मान गिराउनु हुँदै होइन, उठाउनु हो l गलत शब्द चयन भएको विषयमा सार्वजनिक रूपमा नै कुनै न कुनै तवरले कुनै न कुनै फोरममा माफी माग्ने' प्रतिवद्धता पनि प्रचण्डले जाहेर गरेका छन् l ज्ञापनपत्र बुझ्दै प्रचण्डले आफूलाई अन्यथा नसोच्न दलित समुदायसँग अनुरोध पनि गरेका छन् l
संविधानसभाका सदस्य पर्शुराम रम्तेलको संयोजनमा भएको ज्ञापन पत्र बुझाउने कार्यक्रममा कास्टवाच नेटवर्कका तर्फबाट डा. मित्र परियार, जनक परियार,पार्वती भित्रीकोटी,चेतन विश्वकर्मा र सामाजिक अभियन्ता सञ्जीव कार्कीको सहभागिता रहेको थियो l
प्रचण्डसँगको भेटपछि डा.परियारले अकबरेसँगको भेटमा भने 'उनको अभिव्यक्तिलाई लिएर निरन्तर लेख्दै बोल्दै र सार्वजनिक रूपमा माफी माग्नु पर्छ भन्दै आएको व्यक्तिलाई नै भेटेर प्रचण्डले सरी भन्नु सकारात्मक र असहमत विचार ग्रहण गर्ने प्रचण्डको क्षमताको रूपमा मैले लिएको छु l'
कास्ट वाच नेटवर्कको तर्फबाट माओवादी अध्यक्ष प्रचण्डलाई बुझाइएको ज्ञापन पत्र :
आर्थिक वर्ष २०८१÷८२ को प्रगति समीक्षा कार्यक्रममा उत्कृष्ट ती स्थानीय तहलाई सम्मान गरिएको हो ।
पालिकाले वातावरण तथा पूर्वाधार, तालिम उपलब्ध, कलासंस्कृति संरक्षणलगायत क्षेत्रमा समुदायलाई आवश्यक सह...
शरीरमा १६ ओटा टाँका अनि २ वर्षको छोरी र श्रीमतीलाई लिएर राती ९ बजे रामेछाप बाट काठमाण्डौ आउन बाध्य प...