ओलीको कम्बोडियामा लगानी रहेको भन्दै दुर्गा प्रसाईंले सार्वजनिक गरेको कागजात प्रकाशन गर्ने १२ वटा युट्युब च्यानल बन्द
काठमाडौँ- कम्बोडियाको एक टेलिकम कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी गरेको भन्दै दुर्गा प्रसाईंले गत मङ्सिर ३ गते पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको कागजात प्रसारण गर्ने युट्युब च्यानलहरूलाई कारबाही गरिएको छ । त्यस्तो सामग्री प्रकाशन गर्ने १२ वटा युट्युब च्यानल बन्द गरिएको छ l
ती सामग्रीहरू अपडेट सेरोफेरो र मेडिकल व्यवसायी दुर्गा प्रसाईको फेसवुक एकाउन्टबाट पनि सार्वजनिक गरिएको थियो । सामग्री प्रकाशन गर्ने ३ वटा युट्युब दर्ता बिना नै सञ्चालन गरेको भेटिएको जानकारी प्राप्त भएको छ । ती युट्युबका सञ्चालकलाई कारबाही गर्न प्रेस काउन्सिलले प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा करोडौं लगानी गरेको भन्दै प्रसाईले ती सामाग्री सार्वजनिक गरेका थिए । तर, प्रारम्भिक अनुसन्धानबाट ती कागजात फर्जी रहेको देखिएको सिआईबीको अध्ययनले देखाएको छ l
प्रसाईंलाई ४ गते पक्राउ गरेर प्रहरीले त्यसबारे अनुसन्धान गरिरहेको छ । प्रसाईले सो कागजात झिकाउन आफूले सभा करोड बराबर रकम खर्च गरेको समेत बताउँदै आएका थिए l
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।
विभेद, अन्याय र अत्याचारका कुनै पनि रूप स्वीकार्य हुन सक्दैन,” भन्दै उनले अधिकारको प्रभावकारी कार्या...
परिवारका अनुसार स्व. आमाका नाममा सङ्कलित भेटी रकममा थप गरी अक्षयकोष स्थापना गर्न विद्यालयलाई नगद रकम...