कांग्रेसको दलित समुदाय समन्वय विभागमा १० सदस्य मनोनीत
काठमाडौँ, कार्तिक २९ - नेपाली कांग्रेसको दलित समुदाय समन्वय र सशक्तिकरण विभागमा १० जना सदस्यहरू मनोनित गरिएका छन् l
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लक्ष्मी परियार प्रमुख रहेको दलित समुदाय समन्वय र सशक्तिकरण विभागमा बिहीबार थप सदस्यहरू मनोनयन गरेका हुन् l
सभापति देउवाले कांग्रेसको विधान २०१७ को धारा २५ (९) बमोजिम सदस्यहरू मनोनयन गरेका छन् l
मनोनीत भएका सदस्यहरूमा रामकृष्ण लकान्द्री, दिपक सोनी, कलावती पासवान, विपेन्द्र रामुदामु, कुमार टेलर, शान्ता सुनार, प्रकाश घतानी, सुनिल बुढाथोकी, कुमारी सार्की र केदार गान्धारी मनोनित भएका छन् ।
अन्य भाइटल पोष्टहरूमा पनि आकांशीहरूको लामो लर्को रहेको देखिन्छ ।
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l