कोसीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ, विराटनगरबाट काठमाडौँ ल्याउने तयारी
काठमाडौँ, कार्तिक २५ -कोसी प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई विराटनगको आफ्नै निवासबाट पक्राउ गरिएको हो l
निवर्तमान मन्त्री अधिकारीले नक्कली कागजात बनाएर ३ जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जानकारी दिएको छ l मानव तस्करीको योजना अनुसार मन्त्री जापान पुगेको भन्दै विरोध भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।
उनलाई एक बजेको विराटनगरको फ्लाइटबाट काठमाडौँ ल्याउन लागिएको छ l
स्मरणीय : फाइल फोटो प्रयोग गरिएको छ l सम्पादक
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।
विभेद, अन्याय र अत्याचारका कुनै पनि रूप स्वीकार्य हुन सक्दैन,” भन्दै उनले अधिकारको प्रभावकारी कार्या...
परिवारका अनुसार स्व. आमाका नाममा सङ्कलित भेटी रकममा थप गरी अक्षयकोष स्थापना गर्न विद्यालयलाई नगद रकम...