दलित समुदायबाट विद्यावारिधि गर्नेलाई समता फाउन्डेसनको सम्मान
काठमाडौं,कार्तिक २३ - दलित समुदायबाट विद्यावारिधि (पीएचडी) उपाधि हासिल गर्ने विभिन्न व्यक्तिहरूलाई आज सम्मान गरिएको छ l विद्यावारिधि प्राप्त व्यक्तिहरू आआफ्नो क्षेत्र र विषयमा नेपाल भित्र र बाहिर रहेर प्रतिष्ठा हासिल गरिरहेका छन् l दलित मुक्तिको लागि काम गरिरहेका अगुवाहरू, प्राज्ञिक कार्यमा संलग्न, कुटनीति, प्रशासन, देश विदेशमा ख्यातिप्राप्त विशेष अनुभव र दक्षता भएका व्यक्तिहरू सम्मानित भएका हुन् l
समता फाउण्डेशनद्वारा आज आयोजित कार्यक्रममा सम्मानित हुने व्यक्तित्वहरूमा डा. मदनप्रसाद परियार, डा. चेतबहादुर परियार, डा. द्रोण रसाइली, डा. विष्णु परियार, डा. पूर्णबहादुर नेपाली, डा. इन्दिरा सुन्दास, डा. मानबहादुर विक, डा. रविना जी रसाइली, डा. विष्णुमाया परियार, डा. गङ्गाराम विश्वकर्मा, डा. श्याम परियार, डा. यामबहादुर किसान, डा. आइत विश्वकर्मा, डा.अमित परियार, डा. बुद्धि नेपाली, डा. रमेश सुनाम, डा. मित्र परियार, डा. निर्मलकुमार विश्वकर्मा र डा. शेखर परियार डा. कृपाराम विश्वकर्मा, डा. मोम विश्वकर्मा, डा. रमेश परियार, डा. दिनेश हरिजन, डा. रत्नबहादुर वाग्चन, डा. श्यालाल मगराती, डा. अमरबहादुर विक, डा.नन्दलाल दर्नाल, डा. यामबहादुर विक र डा. पूर्णबहादुर विश्वकर्मा र डा.रुद्रबहादुर चर्मकार छन् ।
कार्यक्रममा वन तथा वातावरण राज्यमन्त्री रुपा विक, समता फाउण्डेशनका अध्यक्ष डा.मदनप्रसाद र पूर्वराजदूत पदम सुन्दासले संयुक्त रूपमा वरिष्ठ अधिवक्ता नारायण नेपालसहित विद्यावारिधि गर्ने दलित समुदायका व्यक्तिहरूलाई सम्मान गरेका छन् l
सम्मान कार्यक्रममा राज्यमन्त्री विकले संविधानमा उल्लिखित दलित अधिकारसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न सबैले आफ्नो क्षेत्रबाट आवाज उठाउनु पर्ने कुरामा जोड दिएकी थिईन् l समाज परिवर्तनमा विद्दत वर्गको विशेष भूमिका हुने भएकोले यो समुदायको सक्रिय हस्तक्षेपकारी भूमिका हुनु पर्नेमा मन्त्री विकको आग्रह थियो l
फाउण्डेशनका अध्यक्ष अध्यक्ष डा. मदनप्रसादले दलित समुदायका नयाँ पुस्तालाई प्रेरणा होस् भन्ने उद्देश्यले दलित समुदायबाट विद्यावारिधि उपाधि हासिल गर्ने व्यक्तित्वलाई फाउण्डेशनले सम्मान गरेको जानकारी दिएका थिए ।
सन् १९५६ मा उनी र उनका अनुयायीहरूले बौद्ध धर्मलाई अँगाले जसको केही महिनापछि नै उनको निधन भयो ।
सामाजिक कुरीति चिर्ने एक्लो प्रयासमा सफल नहुँदा लगानीसमेत डुबेर टाट पल्टेको उहाँले पीडा सुनाउनुभयो ।
प्रधानमन्त्री शुसिला कार्की लगायत सरकारका मन्त्रीहरूलाइ भेटेर तत्काल सरकारसँगकाे जेन-जी प्रतिनिधि छल...