दुर्गा प्रसाई पक्राउ गर्न अदालतले दियो अनुमति
काठमाडौं, असोज २ - विवादित व्यक्ति मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको जानकारी प्राप्त भएको छ l
प्रसाईविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको थियो, त्यसको आधारमा पक्राउ गरेर अनुसन्धान गर्न अनुमति माग्दै ब्यूरो अदालत गएको थियो ।
बुधबार प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । प्रसाईंसहितका व्यक्तिलाई पक्राउ गर्न भन्दै प्रहरीको केन्द्रीय साइबर ब्यूरोले अदालत समक्ष अनुमति मागेको थियो ।
दुर्गा प्रसाईंसहित बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरुद्ध पक्राउ पूर्जी जारी भएको अदालत स्रोतले जानकारी दिएको छ ।
उनीहरुविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान गर्न पक्राउ पूर्जी जारी छ ।
प्रसाई नेताहरूको र अन्य व्यवसायीहरूलाई सार्वजनिक रूपमा मुख छोड्ने र मान मर्दन गर्ने व्यक्तिको रूपमा चर्चामा छन् l
फाइल फोटो प्रयोग गरिएको छ l
अन्य भाइटल पोष्टहरूमा पनि आकांशीहरूको लामो लर्को रहेको देखिन्छ ।
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l