'दलितका लागि दलित अभियान'ले असोज ३ मा काठमाडौँमा भव्य प्रदर्शन गर्ने
काठमाडौँ - खगेन्द्र सुनार गत साउन २३ देखि माइतीघर मण्डलमा हात खुट्टा र शरीरमा नेल लगाएर सिम्बोलिक प्रदर्शन गरिरहेका छन् l दलितलाई गरिएको अपमान अमर्यादा निषेध र बन्धनको सङ्केतको विरुद्ध आफूले आफैलाई साङ्गलोमा बाँधेर दलितको स्थिति दर्साइरहेका छन् l 'दलितलाई खै' भनेर हजारौ वर्षदेखि दलित बन्धन वन्चिति र निषेधको साङ्लोमा थिए र आज पनि छन् भनिरहेका छन् l समाजमा दलित निर्वाध र निर्भय आत्मसम्मानका साथ बाँच्न सकिरहेको छैन l
दलितको मानवीय अस्तित्व आज पनि सहजै स्वीकार गरिएको छैन l दलितलाई सार्वजनिक धारा, कुवा र इनारदेखि मन्दिर प्रवेश समेत सहज छैन l सार्वजनिक स्थलमा पानी छोएको, मन्दिर पसेको, गैर दलितसँग बिहे गरेको कारण देखाएर दलित मारिने,पिटिने अपमानित हुने,गाउँ निकाला गरिने र समाजमा निषेध गरिने जस्ता कार्यहरू हुँदै आएका छन् l राज्यका हरेक निकायमा दलितको प्रतिनिधित्व र पहुँच समुचित छैन l सामाजिक मर्यादामा दलित जन्मदै तल्लो जातको रूपमा लिइन्छ l दलित माथिको दृष्टिकोण मानवीय छैन l दलितको जनसंख्याको अनुपातमा, दलितले गरेको योगदानको सामाजिक स्थान एकदमै तल छ l सरकारी निकायमा दलितको सेवा प्रवेशको स्थिति दारुण र दयनीय छ l
मन्त्री मण्डल गठन हुँदा पनि दलितको प्रतिनिधित्व सकभर निषेध गरिन्छ यदि दबाब परेर प्रतिनिधित्व गराउन पर्यो नै भने पनि कमउपयोगी र निस्प्रभावी ठानिएको मन्त्रालयमा सहायकमन्त्री र राज्यमन्त्री उपलब्ध गराइन्छ l यी र यावत विषयमा सरकारको तर्फबाट यथोचित सम्बोधन l संविधानले ग्यारेण्टी गरेका विषयमा सहज पहुँच सहज प्रवेश आदि माग सहित 'दलितका लागि दलित' र 'आफ्ना लागि आफै' अभियानका प्रमुख खगेन्द्र सुनार प्रश्न गरेर बसिरहेका छन् l अरूलाई पनि प्रश्न गर्न आव्हान गरिरहेका छन् l साउन २३ देखि धर्ना ,जुलुस,अर्धनग्न प्रदर्शनी, लगायत सङ्घर्षका गतिविधि खगेन्द्र सुनारको नेतृत्वमा हुँदै आएको छ l
खगेन्द्र सुनारको नेतृत्वमा यही असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको दिन दलितसमुदायको शक्ति प्रदर्शन र सरकारलाई देशभरका दलित भेला भएर प्रश्न गर्ने, खबरदारी गर्ने र सचेत गराउँदै 'दलितलाई खै भन्ने' कार्यक्रम रहेको छ l कार्यक्रममा दलित समुदायका कलाकारहरूको सांगीतिक प्रस्तुति पनि रहने छ l
देशभरका दलित समुदाय आफ्नो हक अधिकारको माग दाबी गर्न काठमाडौँ माइतीघरमा भेला भएर संसद भवन अगाडि बानेश्वर पुगेर आफ्नो कथा व्यथा माग र राज्यमा हिस्सेदारी दाबी गर्नेछन् l 'दलितका लागि दलित' अभियानका प्रमुख खगेन्द्र सुनार भन्छन् : 'हामी आजसम्म शान्तिपूर्ण आन्दोलन र हाम्रो मागको पक्षमा प्रदर्शन गरिरहेका छौं र असोज ३ मा पनि शान्तिपूर्ण विरोध र संवैधानिक मर्यादा अनुसार आफ्नो गतिविधि संचालन हुनेछ l आम मान्छे दलित गैरदलित न्याय समता मर्यादाका पक्षपाती सबैले सामाजिक न्यायको आवाज बुलन्द गर्ने कार्यक्रममा सहभागी भएर आफ्नो नैतिक र सामाजिक दायित्व निर्वाह गर्न अपिल गर्दछौं l' खगेन्द्र सुनार आफ्नो कार्यक्रमको औचित्य प्रकाश पार्छन् l
विगतमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दलितको पक्षमा महिनौ प्रदर्शन गरेर, पचासौ हजारको जुलुस प्रदर्शन गरेर आफ्नो माग सुनाएका सुनारले नवराज विकलगायतको हत्याको विरोधमा नवराजको न्यायको लागि लामोसमय लागेका व्यक्ति अहिले काठमाडौँ केन्द्रित बृहत प्रदर्शन गर्न लागेका छन् l असोज ३ को प्रदर्शन दलित समुदायको राजधानी केन्द्रित आन्दोलनको सबैभन्दा ठुलो र आजसम्मकै विशेष हुने खगेन्द्रको दाबी छ l
समाजका सबै तह र तप्काले 'दलितलाई खै ?' आन्दोलनको मूल प्रश्नमा सहमती जनाएका छन् l देश विदेशबाट एक्यवद्धता जाहेर गरिरहेका छन् l आजसम्म आन्दोलनको यो स्वरूपलाई समर्थन गर्ने सहयोग गर्ने यसको पक्षमा लविंग गर्ने, लेख्ने, बोल्ने, सामजिक संजालबाट सहभागिता जनाउने, आर्थिक, भौतिक, नैतिक सहयोग गर्ने सबैमा खगेन्द्र सुनारले आभार व्यक्त गरेका छन् l धन्यवाद भनेका छन् l
दलितको विषय र मुद्दामा सर्वत्र चासो सरोकार र छलफल हुँदैछ l दलितले भोगेको नियति र दलितप्रतिको नियतको विरुद्ध दलितलाई खै भनिएको हो ? २००७ सालमा प्रजातन्त्र आएदेखि आजसम्म दलितलाई दिन्छु भनेको कुरा खै भन्ने प्रश्न गरिएको हो l आत्मसम्मानको लागि शान्तिपूर्ण लडाई दलितले बिताइ रहेको जिन्दगीको बारेमा सोचेर प्रत्येक दलित आफ्नो लागि लडन आउनुहोस् l अहिले लड्नु पर्छ र मैले लड़नुपर्छ भन्ने सम्झेर आउनुहोस् l दलितहरू उठ्नु पर्छ दलितहरू जुट्नु पर्छ भन्ने सोचेर राजधानी आउनुहोस् l आफ्नो खुट्टामा आफै उभिएर आन्दोलनमा आउनुहोस् l दलितलाई गरिएको निषेध र वन्चितिको हिसाब खोज्न दलित भेला हुनुहोस् खगेन्द्र सुनारले सार्वजनिक अपिल गरेका छन् l
अन्य भाइटल पोष्टहरूमा पनि आकांशीहरूको लामो लर्को रहेको देखिन्छ ।
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l