धादिङ सेवा समाज कतारले ७औं अधिवेशन गर्दै
कतार - धादिङ सेवा समाज कतारले आगामी ६ सेप्टेम्बर शुक्रबार दोहा कतारको सनैया स्थित रेड चिल्ली रेस्टुरेन्टको सभाहलमा समाजको ७औं अधिवेशन गर्न लागेको हो । धादिङ सेवा समाज कतार र धादिङ युवा समाज कतार विच लामो समयसम्मको गतिरोध अन्त्य गर्दै समाजलाई एकढिक्का बनाइ दोहामा रहेका धादिङ्गे र गैर धादिङ्गे श्रमिकहरूको उत्थान र घरदेशमा मानवीय र परोपकारी कार्य गर्ने कुरामा एकमत भएपछि लामो समयसम्म हुन नसकेको समाजको अधिवेशन हुने भएको जानकारी कविन्द्र कँडेलले दिएका हुन् ।
धादिङ सेवा समाजको २००१ मा स्थापना भएता संस्थापक अध्यक्षले २००७ सम्म चारवटा अधिवेशन सम्पन्न गरेका थिए । तत्पश्चात संस्था धारासायी बन्दै गएको थियो । संस्था अलपत्र परेपछि धादिङ युवा समाजको नामबाट चलायमान बनाउने प्रयत्न भएपनि व्यक्तिगत महत्वाकांक्षाका कारण पुनः लथालिङ्ग अवस्थामा पुगेका थियो ।
समाजको यस्तो दूरावस्था भएपछिको धादिङ सेवा समाज अन्तर्राष्ट्रिय समतिले सोमनाथ कँडेललाई पत्राचार गर्दै संस्थाको तदर्थ समति गठन गर्न भन्यो । अन्तर्राष्ट्रिय समितिको पत्रअनुसार कँडेलको नेतृत्वमा बनेको तदर्थ समितिले सबै असन्तुष्ट पक्षलाइ एकीकृत गर्दै ७औं अधिवेशनको तयारीमा जुटेको छ ।
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l
पार्टीको आज जारी केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परिया...