रास्वपा महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्न रास्वपा अनुशासन आयोगको सिफारिस
काठमाडौं, असार, २५ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगले महामन्त्री डा.मुकुल ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासनको सिफारिस गरेको छ ।
आयोगको सिफारिसमाथि केन्द्रीय समिति बैठकमा छलफल भइरहेको र मूल विषय यसैमा विचार विमर्श चलिरहेको एक केन्द्रीय सदस्यले अकबरेडटकमलाई जानकारी दिएका छन् l
यसअघि केन्द्रीय समिति बैठकले ढकाललाई एक साताका लागि निलम्बन गरेको थियो । बैठकमा अराजक अनुशासनहीन रूपमा प्रस्तुत भएको तथा पार्टीकोविरुद्ध गतिविधि गरेको,देश दौडाहाको रिपोर्ट पार्टीमा बुझाउनु अघि नै मिडियामा दिएको जस्ता आरोप सहित उनलाईनिलम्बन गरिएको थियो l
भविष्यमा समग्र राज्य प्रशासन धार्मिक समुदायप्रति थप संवेदनशील र जिम्मेवार बन्नुपर्ने माग समेत पार्टी...
अन्य भाइटल पोष्टहरूमा पनि आकांशीहरूको लामो लर्को रहेको देखिन्छ ।
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...