लोकतान्त्रिक शेर्पा सङ्घको बधाई र सम्मान कार्यक्रम

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा निर्वाचित भएका प्रदेश तथा केन्द्रीय पदाधिकारी र सदस्यहरूलाई नेपाल लोकतान्त्रिक शेर्पा सङ्घले असार २२ गते बधाई र सम्मान गर्दै सफल कार्यकालको लागि शुभकामना दिएको छ । बधाई तथा सम्मान र शुभकामना कार्यक्रम सङ्घको कार्यालय जोरपाटी काठ्माडौमा आयोजना गरिएको थियो।
कार्यक्रममा अध्यक्ष लाक्पा शेर्पा सचिव सन्जय शेर्पा सहसचिव पेम्बा ग्याल्जेन शेर्पा सदस्य ङिमा शेर्पा साथै सिन्धुपाल्चोक शेर्पा समाजका अध्यक्ष बहादुर शेर्पा,महासचिव नुर्पु शेर्पा नेपाली काङ्ग्रेस सङ्खुवासभाका जिल्ला सदस्य श्याम सुन्दर शेर्पालगायतका अन्य महानुभावहरूको उपस्थितिमा सम्मान र शुभकामना कार्यक्रम आयोजना गरिएको थियो ।
सङ्घले महासङ्घको प्रथम ऐतिहासिक महाधिवेशनबाट सर्वसम्मत निर्वाचित प्रदेश र केन्द्रीय पदाधिकारी एवम सदस्यहरूलाई खादा लगाई सम्मान गर्दै अध्यक्ष लाक्पा शेर्पाले सिङ्गो शेर्पा समुदायलाई काङ्ग्रेसमा आवद्व गराइ शेर्पा हकहित र अधिकारका लागि लड्ने जिम्मा अबको पुस्ताको रहेको बताउनु भएको थियो ।
सर्वसम्मत निर्वाचित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको अध्यक्ष ओमबहादुर घर्ती मगरको नेतृत्वको केन्द्रीय समितिमा यस सङ्घबाट सह महामन्त्रीमा पेम्बा ग्याल्जेन शेर्पा साथै केन्द्रीय सदस्यमा पासाङ शेर्पा,आङ्देण्डी शेर्पा र केसाङ्मु शेर्पा निर्वाचित भएका थिए । त्यसै गरी वागमती प्रदेशमा उपाध्यक्षमा दोर्जे शेर्पा र सदस्यमा आङ्फुरी शेर्पा निर्वाचित भएका थिए ।
लोकतान्त्रिक शेर्पा सङ्घले गरेको बधाई र शुभकामना कार्यक्रम बारे आदिवासी जनजाति महासङ्घका नवनिर्वाचित केन्द्रीय सदस्य पासाङ शेर्पाले अकबरेडटकमलाई जानकारी दिएका हुन् l
तपाईको नासो नेपाली काँग्रेसको यो कार्यवाहक सभापतिको पद तपाईलाई फिर्ता बुझाउँदछु l
जनमतबाट विभाजित नेताहरूको अगुवाइमा असोज ३ र ४ गते जनकपुरधाममा भएको भेलाले स्वराज पार्टीको घोषणा गरेक...
हाम्रा युवाहरुले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ । देशको सीमाना विस्तार ग...