रास्वपा महामन्त्री डा. मुकुल ढकालको निष्कर्ष:एक्लै बहुमत होइन, रास्वपा राष्ट्रिय पार्टी बन्न पनि मुस्किल
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले पार्टी गम्भीर बिरामी भएको भन्दै सर्जरी गर्नुपर्ने निष्कर्ष प्रस्तुत गरेका छन् l
तत्काल सर्जरी नगरे ०८४ को चुनावमा राष्ट्रिय पार्टी बन्न पनि कठिन रहेको निष्कर्ष सहितको प्रतिवेदन बुधबार सभापति रवि लामिछानेलाई बुझाएका छन् ।
इलामको उपचुनावमा पार्टी उम्मेदवारले जमानत पनि जोगाउन नसकेपछि रास्वपाले देशभर सुझाव सङ्कलन गरेर प्रतिवेदन बुझाउन महामन्त्री ढकाललाई जिम्मा दिएको थियो ।
जेठ ६ गते पार्टीको केन्द्रीय कार्यालय घण्टीघरबाट सुरू गरेको आफ्नो ‘समीक्षा यात्रा’ का क्रममा ३८ वटा जिल्ला पुगेर ३००० जनाभन्दा बढीसँग दोहोरो अन्तर्क्रिया गरिएको उनले ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।
‘महलदेखि जङ्गलसम्म बस्ने जनतासँग भेटी, हिमाल, पहाड, मधेस, तराईका सुगमदेखि दुर्गमका बस्ती पुगी, ८० किलोमिटर पैदल यात्रा र ४२१६ किलोमिटर सडक यात्रा गर्दै, कतै पिच सडक, कहिले भर्खरै ट्रयाक खोलिएका सडक हुँदै अन्त्यमा सुरूङ् मार्गबाट काठमाडौं प्रवेश गर्दै असार ५ गते, घण्टीघर काठमाडौँ आइपुगेर यात्रा समापन गरें,’ उनले उक्त समीक्षा यात्राको प्रतिवेदन पेश गर्दै सभापितलाई पत्रमार्फत जानकारी गराएका छन् ।
ढकालले रास्वपामा कालो बादल मडारिएको र त्यसलाई हटाउन जरुरी रहेको बताएका छन् । ‘घण्टी निलो छ, तर बादल मडारिएका कारण घण्टी कालो देखिएको छ । बादल हटाउन हामीले केही कुरा गर्नुपर्नेछ’ उनले भने ।
सभापति लामिछानेलाई बुधबार गृह मन्त्रालयमा प्रतिवेदन बुझाएपछि पत्रकारहरूसँग कुरा गर्दै उनले अहिले नै चुनाव भए रास्वपाले अहिलेकै सिट जोगाउन नसक्ने ठोकुवा गरे l
०७९ को चुनावमा रास्वपाले प्रत्यक्षमा ८ सिट (उपचुनावसहित) जितेको थियो भने समानुपातिकमा माओवादी केन्द्रले बराबर (१० लाख भन्दा बढी मत) पाएको थियो ।
०८४ को चुनावमा एक्लै बहुमत ल्याउने दाबी रास्वपाका नेताहरूले गर्दै आएका छन् । तर महामन्त्री ढकालले एक्लै बहुमत होइन, राष्ट्रिय पार्टी बन्न पनि कठिन हुने समीक्षा प्रस्तुत गरेर रास्वपाको आशावादितामा तरङ्ग पैदा गरेका छन् l
‘मेरो प्रतिवेदन अनुसार अहिलेको अवस्थामा रास्वपा राष्ट्रिय पार्टी मात्र बन्न सक्छ, प्रत्यक्षमा केही सिट मात्र जित्न सक्छ, यही गतिमा तल गइराख्यो भने त्यो अवस्था पनि नरहन सक्छ’, उनको जिकिर छ l
समीक्षा यात्राका क्रममा पार्टीमा झाँगिएको विकृतिको आभास भएको भन्दै उनले अगाडि भने, ‘त्यो अनुभूतिबाट अहिले नै झसंग भएर हामी त्यसबाट छुटकारा पाउनुपर्छ ।’
उनले आफू चिकित्सक भएको भन्दै पार्टीलाई बिरामी भएको र अस्पतालमा राखेर उपचार गर्नुपर्ने बताए ।
‘लाजले, वा हिनताबोधले पार्टी बिरामी छ भन्ने स्वीकार गर्न सकिएन, घरमै राखेर उपचार गर्दै लग्यौं, अस्पताल लगेनौं भने त्यतिबेलाको अवस्था निराशाजनक हुन्छ’ उनले भने ।
महामन्त्री ढकालले पार्टीले किन्तु परन्तु नभनी प्रदेश खारेजीको एजेण्डा उठाउनुपर्ने सुझाव दिएका छन् । जनताको माग प्रशासन सुधार मात्र भएको तर पुराना पार्टीहरूले त्यसलाई बंग्याएर प्रदेश संरचना बनाएको ढकालले बताए ।
‘विगतमा जुनसुकै कुरा लेखे पनि अबका दिनमा पार्टीले किन्तु परन्तु केही नलगाई प्रदेश खारेज गर्नपर्छ भन्ने पक्षमा उभिनुपर्छ’, उनले भने ।
त्यस्तै प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा उभिनुपर्ने महामन्त्री ढकालको तर्क छ l
महामन्त्री ढकालले सरकार भने तत्काल छाड्न नहुने बताएका छन् । तर सरकारमा रहनुको औचित्य भने पुष्टि गर्नुपर्ने बताए । ‘भुमरी मानौं वा गोला मानौं त्यसमा फसिसकेको अवस्था छ, जुन ढोकाबाट पस्यो त्यही ढोकाबाट निस्कने छुट छैन, सरकारमा रहनुको औचित्य पुष्टि गर्नुपर्छ’, उनले भने ।
आफूले सभापतिलाई प्रतिवेदन बुझाएपछि सार्वजनिक गर्न आग्रह गरेको भन्दै महामन्त्री ढकालले सभापतिले पार्टीका अरू नेताहरूलाई दिने त्यसपछि सार्वजनिक गर्ने बताए । रास्वपा मिल्नु नै छ भने प्रचण्ड ओलीसँग होइन बालेन गोपी हमाललगायत स्वतन्त्र शक्तिसँग मिल्नुपर्ने राय पनि पत्रकारहरू बिच महामन्त्री ढकालले व्यक्त गरे l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...