गीताज्ञान अभियानको काठमाण्डौ संयोजन समिति घोषणा
गीताज्ञान अभियानको काठमाण्डौ संयोजन समिति घोषणा 'गीता ज्ञान जीवन विज्ञान' भन्ने मूल मन्त्रका साथ व्यक्तिगत र सामाजिक रूपान्तरणका लागि जारी रहेको अभियान हो, जीवनका लागि गीता ज्ञान अभियान ।
यस अभियानले सनातन वैदिक ज्ञानको सार रहेको गीता ज्ञानलाई विविध कार्यक्रम मार्फत प्रवर्धन गर्दै आएको छ । कीर्तिपुरको गाम्चामा भएको उक्त भेलाको अध्यक्षता वैदिक योग सनातन समाजको अध्यक्ष श्री केशब अधिकारीले गर्नु भएको थियो। प्राध्यापक वैकुण्ठ थापाद्वारा संचालित उक्त कार्यक्रममा विभिन्न अभियन्ताहरूले गीता ज्ञानको महिमाबारे आफ्नो बुझाइ राख्नु भएको थियो ।
उक्त भेलाले अभियानको काठमाण्डौ संयोजन समिति घाेषणा गरेको छ । संयोजकमा श्री सिर्जना मैनाली योगामाला, सह संयोजक श्री नरहरि प्रेमी चयन भएका छन् ।
भेलामा उपस्थित सबै अभियन्ताको रूपमा रहेको समितिमा सल्लाहाकारहरूमा समाजसेवी श्री गोकुल थापा, श्री कमला घिमिरे र श्री सुदिप पौडेल रहेका छन् । उक्त कार्यक्रममा यस अभियानको संकाल्पकर्ता डा. हरि चन्द्र कमलीले गीताज्ञानको महत्वमाथि प्रकाश पार्दै, यस अभियान के हों ? केका लागि हो ? र कसरी अगाडि बढ्दै छ ? भन्ने बारेमा प्रष्ट्याउनु भयो । सहभागीहरूको जिज्ञासा बारे थप प्रकाश पार्दै उहाले व्याक्तिगत र सामाजिक/ सांस्कृतिक रूपान्तरणको यस अभियानमा जोडिनु हुन सबैलाई आग्रह गर्नु भयो ।
स्वस्थानीव्रतकथाअनुसार दक्षप्रजापतिकी कन्या सतीको बायाँ आँखा पतन भई यो शक्तिपीठ उत्पत्ति भएको हो ।
१९४२ कात्तिक २५ गते आइतबारका दिन फाल्गुनन्दको जन्म भएको हो। सो दिनलाई किराँत धर्मावलम्बीहरूको मोक्ष...
किंवदन्ती अनुसार बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमि नमोबुद्ध हो ।