अन्तरजातीय विवाह गर्ने १० जोडीलाई भरतपुर महानगरपालिकाको एकलाख नगदसहित सम्मान

चितवन - जातीय छुवाछुत भेदभाव अन्त्यको उदेश्यसहित विगत चार वर्षदेखि भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गर्दै आएको छ । त्यही सिलसिलामा महानगरपालिकाले अन्तरजातीय विवाह गर्ने दश जोडीलाई नगदसहित सम्मान गरेको हो । आइतबार आयोजित एक कार्यक्रममा महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रूपमा नगद एक लाखसहित ती जोडीलाई सम्मान गरेका हुन् । आजसम्म २३ जोडीलाई सम्मान गरिएको महानगरपालिकाले जनाएको छ ।
महानगर प्रमुख दाहालले छुवाछुत अन्त्यका लागि प्रोत्साहन स्वरूप अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको बताइन् । उनले व्यवस्था परिवर्तन भए पनि सामाजिक अवस्थामा परिवर्तन आउन नसकेकाले छुवाछुतलगायत कुसंस्कार अन्त्य गर्दै सभ्य समाज विकासमा लाग्नुपर्ने कुरामा जोड दिइन् ।
उपप्रमुख चित्रसेन अधिकारीले सबै जातजातिको सम्मान गर्नु अहिलेको आवश्यकता रहेको बताए। विभेदको अन्त्य गदै सम्मान गर्ने वातावरण तय गर्न सबैले आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने उनको भनाइ थियो ।
अन्तरजातीय विवाह गरेकी कमला श्रेष्ठ विकले छुवाछुत अन्त्यका लागि युवा पुस्ता नै अगाडि बढ्नुपर्ने धारणा राखिन् । उनले भनिन्, 'समाज परिवर्तनको बाटोमा अगाडि बढिरहेको छ, यसमा गति प्रदान गर्न युवाको भूमिका अझ बढी हुन्छ । समाज परिवर्तन आफूबाटै हुनुपर्छ भन्ने मान्यतासहित सबैको सहयोग र साथ रहेमा पक्कै सुधार सम्भव छ ।'
सम्मान र प्रोत्साहनले समाजमा सकारात्मक सन्देश जाने र छुवाछुत र भेदभाव अन्त्यको लागि सबैले सहयोग गरौ र प्रोत्साहन गर्रौ भन्ने उदेश्य रहेको भरतपुर महानगरपालिकाले जनाएको छ l
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनि...
प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नु प...
पार्टीले "सर्वजातीय समावेशी सामाजिक लोकतन्त्र" लाई मार्गदर्शक सिद्धान्तको रूपमा लिँदै पूर्ण समानुपात...