अन्तरजातीय विवाह गर्ने १० जोडीलाई भरतपुर महानगरपालिकाको एकलाख नगदसहित सम्मान
चितवन - जातीय छुवाछुत भेदभाव अन्त्यको उदेश्यसहित विगत चार वर्षदेखि भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गर्दै आएको छ । त्यही सिलसिलामा महानगरपालिकाले अन्तरजातीय विवाह गर्ने दश जोडीलाई नगदसहित सम्मान गरेको हो । आइतबार आयोजित एक कार्यक्रममा महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रूपमा नगद एक लाखसहित ती जोडीलाई सम्मान गरेका हुन् । आजसम्म २३ जोडीलाई सम्मान गरिएको महानगरपालिकाले जनाएको छ ।
महानगर प्रमुख दाहालले छुवाछुत अन्त्यका लागि प्रोत्साहन स्वरूप अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको बताइन् । उनले व्यवस्था परिवर्तन भए पनि सामाजिक अवस्थामा परिवर्तन आउन नसकेकाले छुवाछुतलगायत कुसंस्कार अन्त्य गर्दै सभ्य समाज विकासमा लाग्नुपर्ने कुरामा जोड दिइन् ।
उपप्रमुख चित्रसेन अधिकारीले सबै जातजातिको सम्मान गर्नु अहिलेको आवश्यकता रहेको बताए। विभेदको अन्त्य गदै सम्मान गर्ने वातावरण तय गर्न सबैले आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने उनको भनाइ थियो ।
अन्तरजातीय विवाह गरेकी कमला श्रेष्ठ विकले छुवाछुत अन्त्यका लागि युवा पुस्ता नै अगाडि बढ्नुपर्ने धारणा राखिन् । उनले भनिन्, 'समाज परिवर्तनको बाटोमा अगाडि बढिरहेको छ, यसमा गति प्रदान गर्न युवाको भूमिका अझ बढी हुन्छ । समाज परिवर्तन आफूबाटै हुनुपर्छ भन्ने मान्यतासहित सबैको सहयोग र साथ रहेमा पक्कै सुधार सम्भव छ ।'
सम्मान र प्रोत्साहनले समाजमा सकारात्मक सन्देश जाने र छुवाछुत र भेदभाव अन्त्यको लागि सबैले सहयोग गरौ र प्रोत्साहन गर्रौ भन्ने उदेश्य रहेको भरतपुर महानगरपालिकाले जनाएको छ l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...