डा. गोविन्द केसीको स्वास्थ्यमा गम्भीर समस्या,आकस्मिक अस्पताल भर्ना

काठमाडौँ, जेठ,२
पाँच दिनदेखि (वैशाख २९ ) चार बुँदे माग राखी आमरण अनशनरत डाक्टर गोविन्द केसीको शरीरमा ग्लुकोजको मात्रा अत्यन्तै न्यून भएको छ l रक्तचाप घटेर गएको छ l जसको कारण केसीको स्वास्थ्य अवस्था नाजुक र गम्भीर बन्दै गएको छ l
हिजो २०८१/०२ /०१ देखि केसीको शरीर शिथिल बन्दै गएको, मांसपेशी दुख्ने, बाउँडिने र टाउको भारी हुने साथै स्मरण शक्ति हराउन लागेको थियो l आज झन केसी गल्दै र बेला बेलामा स्मृति गुमाउँदै आएका थिए l त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूको सल्लाहमा डाक्टर केसीलाई अस्पताल भर्ना गरिएको छ l डाक्टर सुमन आचार्य भन्छन् : 'इमर्जेन्सी केयर गर्न पनि डाक्टर केसीलाई अस्पताल लैजानु जरुरी थियो l'
विगत लामो समयदेखि अनशन बसेको शरीर, घट्दो उमेर र चार महिना अघि शल्यक्रिया गरेको शरीर कमजोर हुनु स्वाभाविक नै हो l यस्तो शारीरलाई विशेष निगरानी आवश्यक हुन्छ त्यसैले अस्पताल लैजानु परेको हो l डाक्टरहरूको तर्क छ l
डाक्टर केसीलाई एम्बुलेन्स राखेर अस्पताल लगिँदै :
भिटामिन ‘ए’को क्याप्सुल वर्षमा दुईचोटि बाँड्ने सरकारले करीपत्ताको प्रयोग गर भनेर किन सिकाउँदैन ?
दैनिक कम्तीमा ३ लिटर पानी अनिवार्य पिउनुपर्छ । अझ गर्मी महिनामा ५ लिटर पानी पिउनु उपयुक्त मानिन्छ ।
बिरे नुनमा प्रशस्त मात्रामा सल्फर, आइरनलगायत शरीरलाई आवश्यक खनिज तत्त्व हुन्छन् ।