भगवानको गुनासो - सुरेन्द्र सोती

जनमौंदेखि सुन्न चाहें तिमीलाई
अरू सबै बोले तिम्रो मुखबाट
म त तिमीलाई सुन्न बसेको
कहिले वेद कहिले बाइबल कुरान त कहिले कसैको मन्त्र बोल्छ
कहिले वाद प्रतिवाद विचार त कहिले कसैको तन्त्र बोल्छ
अरूकै शब्द गाइरह्यौ र अरूकै लयमा नाचिरह्यौ
सँगैको यात्री मलाई देखेनौ र अरू कै विचारमा बाँचिरह्यौ
हो अरू सबै सबै बोलीरहे तिम्रो मुखबाट
लोभ,डर, इर्श्या, घमण्ड क्रोध सबै सबै
म त तिमीलाई सुन्न बसेको
तर तिमी बोलेनौं
जन्मौं जन्म तिमीसँगै यात्रा गरिरहेको छु मैले
पोशाक फेर्दै र बाहिर हेर्दै रमायौ मलाई देखेनौ कहिल्यै
सागर र थोपा पानी किन सम्झेनौं एकै हुन्
बीज र बिरुवा अब भन अस्तित्वमा छ कुन ?
न अलग्याउ मलाई तिम्रा सारथिको भ्रम जालमा परी
फर्केर हेर आफै भित्र मलाई सहयात्री पाउने गरी
आऊ न सँगै बसौं निराकार शून्यताको चौरमा
कुरा गरौं न नि:शब्द भाव विव्हल स्वरमा
धेरै भो नबोलेको बोलन आज निर्विचार भएर
एकचोटी आऊ न है भेट्न मलाई आफै भित्र गएर l
- सुरेन्द्र सोती
कुनै ठेकेदार कमरेडले हस्ताक्षर गरेर दिएकाे खाली चेक छ
यात्राका अनुभूति र नजिकका सबै दृश्यहरू नियात्राकारको ब्रम्हबाट तानिएका छन् ।
प्रतियोगिताका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने आयोजकको भनाइ छ।