सहकारी ठगी प्रकरणमा रवि लामीछानेका विरुद्ध परेको ठाडो उजुरीमा अनुसन्धान प्रकृया अगाडि लैजान प्रमाण भेटिएन - प्रहरी महानिरीक्षक वसन्त कुँवर

काठमाडौं, चैत १४
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले केही सहकारीको रकम ग्यालेक्सी टीभीमा गएको र त्यसमा रवि लामिछाने नामको व्यक्ति जोडिएको भन्दै प्रश्न गरेका थिए ।
जसको जबाफमा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले सहकारी अनियमितामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता नभेटिएको बताएका छन् ।
जवाफ दिने क्रममा आईजीपी कुँवरले भने, ‘ठाडो उजुरीको रुपमा जो इस्यु आयो, दर्ता भएको छ । तर अनुसन्धान गर्दा तथ्य प्रमाण भेटिएन । कानुनको दायरामा पनि पर्ने अवस्था आएन ।’
त्यो विषयमा अहिलेसम्मको तथ्य प्रमाणका आधारमा कुनै पनि आधार प्रहरीले भेट्न सकेको छैन l
संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद बडूले गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गर्दै अनुसन्धानलाई सहयोग गर्न सुझाव पनि दिएका थिए l
कांग्रेस सांसद बडूको धारणा :
‘पोखरा बुटवल लगायतका केही सहकारीको पैसामा ग्यालेक्सी टेलिभिजन सञ्चालनमा १० करोड रूपैयाँ आएको भन्ने सुनिएको छ । त्यो पैसा त्यहाँ आउनु हुन्थ्यो कि हुँदैन थियो ? छानबिनको कुरा होला ? त्यसमा १ करोड रूपैयाँ को व्यक्ति हो थाहा छैन । रवि लामिछाने नामले पनि जम्मा भएको भन्ने खबर आयो । त्यो मान्छे को हो ? नाम मात्रै संयोगले मिलेको हो कि ? हाम्रो त अहिलेको वर्तमान गृहमन्त्रीको नाम पनि रवि लामिछाने हो । त्यसरी चिन्छौँ ।’
त्यो नाम गृहमन्त्री नै भएको भए यसको छानबिन निष्पक्ष गर्नका लागि जिम्मेवारीबाट बाहिर बस्न उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,‘यदि गृहमन्त्री रवि लमिछाने नै भएको भए छानबिन सुरु गरिहाल्न र छानबिन भइन्जेल जिम्मेवारीबाट बाहिर बस्न मिल्छ कि मिल्दैन ?’ छानबिन हुन्जेल छानबिनलाई विश्वसनीय बनाउन गृहमन्त्री बाहिर बसेर सहयोग गरेर कानुनभन्दा ठुलो कोहि हुदैन' भन्दै बडूले गृहमन्त्रीलाई छानबिनको लागि बाहिर बसेर सघाउन अनुरोध समेत गरेका थिए l
गृहमन्त्री रवि लामिछानेको प्रत्युत्तर :
‘सहकारीमा मेरो नाम भएको भन्ने बुझियो । जहाँ मेरो नामबाहेक केही पनि छैन । न हस्ताक्षर, न औठाछाप, न निवेदन त न केवाईसी नै भरिएको छ । न कुनै पत्र पाएको छु । मैले जानकारी पाएअनुसार अदालतमा मुद्दा पनि दर्ता भइसकेको छ । तर मेरो त्यो मुद्दामा नाम उल्लेख छैन । जाहेरी मात्रै छ मेरो विरुद्ध । त्यो पनि प्रहरीमा दर्ता भएको छैन भन्ने बुझेको छु । यसलाई म कुनै पनि प्रभाव पार्ने काम गर्दैन र गर्नुहुँदैन ।’
मन्त्रीले अनुसन्धान गर्ने होइन । प्रहरीले गर्ने हो । म सरकारमा नआउनु अघिकै विषय हो । भनेर गृहमन्त्रीले जबाफ दिएका थिए l
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनि...
प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नु प...
पार्टीले "सर्वजातीय समावेशी सामाजिक लोकतन्त्र" लाई मार्गदर्शक सिद्धान्तको रूपमा लिँदै पूर्ण समानुपात...