दुर्गा प्रसाईको पक्षमा अदालतको फैसला - मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश

काठमाडौँ, चैत, १२
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतको आदेशले राहत मिलेको छ । झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजको सम्पूर्ण भौतिक संरचना निर्माण भएपनि पठनपाठनका लागि सम्बन्धन नपाएका प्रसाईंलाई सर्वोच्च अदालतको पछिल्लो आदेशले राहत मिलेको हो ।
न्यायाधीशहरू डा.कुमार चुडाँल र सारङ्गा सुवेदीको संयुक्त इजलासले प्रक्रिया पुगेको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन नरोक्न आदेश जारी गरेको छ । सोमबार आदेश जारी भएपनि फैसला विस्तृत विवरण आइसकेको छैन ।
सर्वोच्च अदालतले बुधबार प्रसाईंको अर्बौँ लगानी भइसकेको मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो ।
मेडिकल कलेजको मान्यता नदिएपछि कलेजका तर्फबाट प्रसाईले २०७७ असार २१ र २०७७ असोज ३० रिट दायर गरेका थिए । सबै पूर्वाधार तयार गर्दा पनि आफ्नो मेडिकल कलेजले सम्बन्धन नपाएको भन्दै प्रसाईले काठमाडौँ विश्वविद्यालय, चिकित्सा शिक्षा आयो लगायतका निकायलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।
फाइल फोटो प्रयोग l
भिटामिन ‘ए’को क्याप्सुल वर्षमा दुईचोटि बाँड्ने सरकारले करीपत्ताको प्रयोग गर भनेर किन सिकाउँदैन ?
दैनिक कम्तीमा ३ लिटर पानी अनिवार्य पिउनुपर्छ । अझ गर्मी महिनामा ५ लिटर पानी पिउनु उपयुक्त मानिन्छ ।
बिरे नुनमा प्रशस्त मात्रामा सल्फर, आइरनलगायत शरीरलाई आवश्यक खनिज तत्त्व हुन्छन् ।