ललितपुरमा होलीपछि भएको झडपमा दुई युवाको मृत्यु
काठमाडौं,चैत,१२
आइतबार राति ललितपुरको ढोलाहिटीमा होली खेलिसकेपछि होटेलमा मदिरा सेवन गरेको समूहबीच झडप भएको थियो । झडपमा परी पाँचथर र सुनसरी घर भई ढोलाहिटी बस्ने दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ l
जिल्ला प्रहरी परिसरका अनुसार मृत्यु हुनेमा पाँचथर घर भई ढोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र सुनसरी घर भई ढोलाहिटी बस्ने ३० वर्षीय पुजन राई रहेका छन् ।पुजनको शव सुमेरु अस्पताल र रोबसको पाटनमा राखिएको छ । उनीहरू दुई जनाको मृत्यु भइसकेपछि प्रहरीले खबर पाएको थियो l
घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १८ जनालाई नियन्त्रणमा लिएको छ । घटनास्थलबाट धारिलो हतियार पनि बरामद भएको र घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
फोटो : सङ्केतमा फाइल फोटो
समारोहमा गृह मन्त्रालयका सचिव रामेश्वर दङ्गालले नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह...
उक्त कार्यक्रम हुम्लामा पनि सञ्चालन गरिने अस्पतालले जनाएको छ ।
हिउँ परेसँगै चिसो अत्यधिक बढेकाले स्थानीय जनजीवनमा चिसोको प्रभाव पर्ने र कात्तिकमै हिउँ परेकाले स्...