आधुनिक दासहरू - अवतार ढकाल

आधुनिक दासहरू
महँगा सुटहरू
या दौरा सुरुवाल भित्र
आफूलाई बेरेर
पहिल्यै निलेका
दर्शनका बासी नाराहरू वान्ता गर्दै
आफ्नो मूल्य आफैं तोकेर
बिक्री हुन लामबद्ध छन्
बदलिंदो समयका
आधुनिक दासहरू ।।
मोल मोलाईको बजारमा
आफूलाई बेच्नेछ्न् उनीहरू
अलग्गै दर्शन निल्नेछन्
र वान्ता गर्न थाल्नेछ्न्
फरक वाद
अलग्गै सिद्धान्त
र नयाँ दर्शन ।
रुप परिवर्तन हुने छ उनीहरूको
बोली फेरिनेछ
भाषा बदलिनेछ
एकदिन आफैं मालिक बन्नें
सपनाको पोको टाउकामा कोचेर
आफैंलाई बेच्न
फेरि एक पटक
लामबद्ध हुनेछन्
बदलिंदो समयका
आधुनिक दासहरू।।
कुनै ठेकेदार कमरेडले हस्ताक्षर गरेर दिएकाे खाली चेक छ
यात्राका अनुभूति र नजिकका सबै दृश्यहरू नियात्राकारको ब्रम्हबाट तानिएका छन् ।
प्रतियोगिताका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने आयोजकको भनाइ छ।