नेपाली लेखक सङ्घद्वारा आयोजित विचारगोष्ठी सम्पन्न

नेपाली लेखक सङ्घद्वारा आज( फागुन२८ गते) विराटनगरमा विचारगोष्ठी समारोहको आयोजना गरिएको थियो l ११४औ अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा आयोजित उक्त कार्यक्रममा दुई भिन्नभिन्न विषयमा वार्तापत्र प्रस्तुत गरिएको थियो ।
नेपाली लेखक सङ्घका केन्द्रीय सदस्य निर्मला कोइरालाको सभापतित्वमा सम्पन्न उक्त समारोहमा कार्यक्रम सयोजक राधिका गुरागाईले स्वागत मन्तव्य प्रकट गर्नुभएको थियो । कार्यक्रममा डा. मीनाक्षी नेपालले "हाम्रो समाजमा नारीको स्थान" भन्ने विषयमा विशेष वार्ता प्रस्तुत गर्नुभएको थियो भने प्राध्यापक कविराज न्यौपानेले "नारी अस्तित्वको दार्शनिक पक्ष" भन्ने विषयमा केन्द्रित वार्ता प्रस्तुत गर्नुभएको थियो । यी दुबै वार्ताहरुमाथि त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका प्राध्यापक डा.रत्नमणि नेपालले टिप्पणी गर्नुभएको थियो ।
साहित्यकार डा.विमला श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा प्रा. डा. गोपाल भन्डारी, साहित्यकार विवश पोखरेल र साहित्यकार गङ्गा सुवेदीले मन्तव्य प्रकट गर्नुभएको थियो । समारोहमा नेपाली लेखक सङ्घका केन्द्रीय समितिका साथै मोरङ, सुनसरी,झापा, उदयपुर र चितवन जिल्ला समितिका पदाधिकारीहरुको उपस्थिति थियो ।
सभाको दोस्रो सत्रमा आयोजित कविगोष्ठीमा मोरङका साथै विभिन्न जिल्लाबाट उपस्थित ४६ जना कविहरूले कविता वाचन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन कवि शुभलक्ष्मी लम्सालले गर्नुभएको थियो ।
कुनै ठेकेदार कमरेडले हस्ताक्षर गरेर दिएकाे खाली चेक छ
यात्राका अनुभूति र नजिकका सबै दृश्यहरू नियात्राकारको ब्रम्हबाट तानिएका छन् ।
प्रतियोगिताका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने आयोजकको भनाइ छ।